काठमाडौं । ट्विटरका नयाँ मालिक आएपछि कम्पनी टाट पल्टिने कुरालाई लिएर चर्चा हुन थालेको छ ।

एलोन मस्कले बिहीबार आफ्ना कर्मचारीहरूसँग ट्विटर टाट पल्टिने सम्भावनालाई लिएर कुरा गरेका हुन् । समाचार एजेन्सी रोयटर्सका अनुसार उनले ट्विटरका कर्मचारीहरूलाई टाट पल्टिने सम्भावनालाई अस्वीकार गरेनन् ।

कर्मचारीहरूसँगको पहिलो भेटमा मस्कले अर्को वर्ष कम्पनीले अर्बौं डलर गुमाउन सक्ने चेतावनी दिएका हुन् । तपाईंलाई जानकारी गराउ कि मस्कले हालै ४४ अर्ब डलरमा ट्विटर किनेका थिए ।

त्यसयता उनले यसमा धेरै परिवर्तन गरिरहेका छन् । यसैबीच, ट्विटरले विश्वभरि हजारौं कर्मचारीहरूलाई निकालेको छ । जसकारण मस्कले आलोचनाको सामना समेत गर्नु परेको छ । कम्पनी घाटामा गएको भन्दै उनले ब्लु टिकको सदस्यता शुल्क (८ डलर) लिन थालेका छन् ।

सम्बन्धित खबरहरु