काठमाडौं । नेपाली सांगीतिक क्षेत्रको चर्चित जोडी बबिता बानियाँ ‘जेरी’ र शंकर क्षेत्रीबीच सम्बन्धविच्छेद भएको छ ।

काठमाडौं जिल्ला अदालत पुगेर यी दुईले आज सम्बन्ध विच्छेद गरेका छन् । गायक क्षेत्रीले सहमतिमै डिभोर्स गरेको बताए ।

लामो समयदेखिको विवादका कारण सामाजिक सञ्जाल तताइरहेका उनीहरुले बिहीबार काठमाडौं जिल्ला अदालत पुगेर डिभोर्स गरेका हुन् । उनीहरुले सहमतिमै सम्बन्धबिच्छेदका लागि निवेदन दिएका थिए। तर, प्रक्रिया नपुगेर उनीहरुको डिभोर्स भइसकेको थिएन।

बिहीबार अदालत पुगेर सम्बन्धबिच्छेदको कागजमा हस्ताक्षर गरेका हुन्। तीन वर्षअघि बिहे गरेका उनीहरुबाट एक छोरीको जन्म भएको छ। छोरीलाई भने जेरीले नै लालन–पालन गर्ने भएकी छन्। उनीहरु दुवैजना लोकदोहोरी गायनबाट चर्चामा आएका थिए । दुवैले मिलेर दुईवटा दोहोरी साँझ पनि खोलेका थिए।

यसअघि जेरीले आफ्ना नराम्रा कुरा सुधार्छु भन्ने सहमति गरे आफू अझै पनि डिभोर्स फाइल क्यान्सिल गर्न तयार रहेको शंकरले बताउँदै आएका थिए। ‘‘धेरै आन्तरिक कारण छन्’, शंकरले भनेका त्यसबेला भनेका थिए, ‘डिभोर्समा साइन भएको दिन मात्रै ती कुराहरू खोल्नेछु। प्रुफसहितका कारणहरू बताउनेछु।’

यी दुई बिच छोरी शंकरले हेर्ने तर उमेर नपुग्दासम्म आमासँगै राख्ने सहमति भएको बताइउको छ । बच्चाको लालनपालन शंकरले हेर्ने तर उमेर नपुग्दासम्म आमासँगै राख्ने सहमति भएको बताइएको छ ।’ जेरी र शंकरबीच २०७६ साल माघ १ गते विवाह भएको थियो ।

यी दुई बिच लामो समय प्रेम सम्बन्ध भएपछि विवाह भएको थियो । अलग हुने खबर भए पछि फ्यानहरु दुखी भएका थिए । डिर्भोस भएपछि जेरीले भने शंकरले आफूलाई सधै दुख दिने गरेको बताइन् ।

उनी रुदै मिडियामा आएकी थिइन् ।अन्तर्वार्तामा जेरिले शंकर माथि केहि गम्भीर आरोप समेत लागेकी छिन । शंंकरले उनलेलाई बारम्बार कुट्ने गरेको समेत बताईन् । जेरिका अनुसार शंकर ले जेरिलाई केहि चर्चित गायक सँग समेत नाम जोड्ने गरेको उनले बताएको छन् ।

जेरिले शंकर्लाई आफू मलमासमा सुत्केरी भएर माइत गएको बेला आफ्नो कोठा अर्कै युवती ल्याएर राखेको समेत आरोप लगाएकी छन् । शंकरले बारम्बार मेरो अर्कै केटि छ त सँग मेरो रुप मिल्दैन त अनुहार न दनुहारको सँग म फसे भन्ने गरेको समेत बताएकी छन् ।

उनले खासगरी आफ्नो चरित्रसँग जोडेर मानसिक टर्चर खेप्नुपरेको बताएकी छिन् । कोही मिल्ने साथीसँग बोल्यो की त्यही व्यक्तिसँग जोडेर चरित्रमा प्रश्न उठाउने शंकरको दैनिकी थियो । जेरीले भनिन् उहाँले आफ्नो मोबाइल चै दिनदिनै पासवर्ड फेरेर राख्नुहुन्थ्यो ।

मेरो भने हरेकदिन उहाँको मोबाइलमा खोलेर राख्नुहुन्थ्यो । यतिसम्म उहाँले मेरा नजिकका साथीहरुसँग आफै अन्तरंग कुरा गर्ने र आएको रिप्लाईलाई स्क्रिन सर्ट गरेर राख्ने गरेको भेटियो ।मेरा नजिकका व्यक्तिहरुले तेरो फेसबुक ह्याक भएको हो भनेर सोध्दा ?

हेर्दा उहाँ र मेरो डिभाइसमा मात्र फेसबुक खुलेको देखिन्थ्यो । यतिसम्म की मेरा साथीहरुसँग उहाँले रिप्लाई दिएर भएको कुराकानीको स्क्रिनसर्ट मेरो इन्बक्समा पठाएर तलाई फसाउन जानेको छु भन्दै धम्कि दिनुहुन्थ्यो । त्यतिभएपछि केही दिन ठूलै झगडा हुन्थ्यो ।

फेरि मेरो मायाले जित्थ्यो र आफै झुकेर कुरा गरेर नर्मल बनाउँन कोसिस गर्थे । जेरीले भनिन् तर उहाँले मलाई ब्ल्याक मेलिङ गर्न थाल्नुभयो । प्रदिप रोक्कासँग नाम जोडेर मलाई उहीसँग जा भनेर कुट्न थाल्नुभयो । प्रदिप रोक्कासँग मैले गीत गाएको छु । उहाँ मेरो टीका लगाएको दाई हो त्यो शंकरलाई थाहा छ ।

तरपनि उहाँले मलाई प्रदिपसँग नाम जोड्न छोड्नुभएन । प्रदिपसँग गाएको गीत मुटुको धड्कन दर्शक स्रोतले खुबै मन पराउँनुभयो । विभिन्न ठाउँमा कार्यक्रममा प्रदिपसँग बोलाउँदा कहिलै म जान पाइन । एक दिन काँठे गीत प्रतियोगितामा हामी गएका थियौँ ।

त्यहाँ प्रदिपको समूह प्रथम भयो हाम्रो टीम दोस्रो भयो । विजय भएको खुशीमा मैले कल्पना र प्रदिपलाई अंकमाल गरेको रहेछु । त्यो फोटो आएपछि उहाँले मलाई महिनौ देखिको प्यास प्रदिपसँग मेटाइस् हैन ? भन्दै शंकरले मलाई कुट्नुभयो जेरीले भनिन् ।

 

सम्बन्धित खबरहरु