काठमाडौं । प्रहरी भनेपछि हाम्रो दिमागमा डर देखिन थाल्छ । मान्छेहरु प्रहरीकहाँ जान नपरे हुन्थ्यो भन्ने सोच्छन् ।

यसबीच विश्वमा एक यस्ति महिला प्रहरी पनि छन्, जसलाई हेर्न जो कोही आत्तुर हुन्छ । कोलम्बियाली प्रहरीकी एक महिला अधिकारी आफ्नो सौन्दर्यका कारण सामाजिक सञ्जालमा प्राय: चर्चामा रहने गर्छिन् ।

ग्ल्यामरस तस्बिरहरू देखेर मानिसहरूले उनलाई विश्वको सबैभन्दा सुन्दर महिला पनि भनेका छन् । प्रहरी अधिकारीले भविष्यमा पनि मोडलिङभन्दा प्रहरी सेवामै रहेर जनताको सुरक्षा गर्ने बताइन् ।

डायना रामिरेज प्राय: मेडेलिन शहरको सडकमा गस्ती गरिरहेकी हुन्छिन् । डायनालाई मोडल भन्दा पनि प्रहरी बनेर काम गर्न मन लाग्छ । प्रहरीको जागिर भए पनि सामाजिक सञ्जालमा उनका ४ लाख भन्दा धेरै फलोअर्स छन् । उनले आफ्ना फ्यानका लागि सुन्दर तस्बिर सेयर गर्छिन् ।

धेरै तस्बिरहरुमा उनी प्रहरीको वर्दी (पोशाक) मा पनि देखिएकी छिन् । डायनाले आफ्नो विभागमा पनि राम्रो काम गरेर संसारकै सबैभन्दा सुन्दर महिला प्रहरी अधिकारीको उपनाप पाउन सफल भएकी हुन् । उनी उत्कृष्ट प्रहरी प्रभावशाली अवार्डका लागि मनोनयनमा पनि सफल भैसकेकी छिन् ।

डायनाका तस्बिर हेरेर मानिसहरू तारिफ गर्छन् । कतिपयले उनलाई ‘संसारकै सुन्दर महिला’ पनि भनेका छन् । महिला अधिकारीले प्रहरी विभागबाट मनोनीत हुन पाउनु आफ्नो लागि गौरवको विषय भएको बताइन् ।

कतिपय प्रयोगकर्ता उनको सुन्दरताका अगाडि पागल छन् भने कोही उनको बहादुरी देखेर कायल छन् । एक प्रयोगकर्ताले भने, ‘उनी सुन्दर र भावुक पनि छिन्, तपाईलाई अरु के चाहिन्छ ?’ धेरै देशहरूका, महिलाहरू युद्धमा संलग्न हुन्छन् ।

अमेरिका, बेलायत, रुस, इजरायल, टर्की र पाकिस्तान जस्ता देशमा पनि महिलाले लडाकु पाइलटको भूमिका निर्वाह गर्छन् । यसबाहेक मलेसिया, श्रीलंका र बंगलादेशमा पनि महिलाहरूलाई लडाकुको भूमिकामा पठाउँछन् । अमेरिकामा आणविक मिसाइल पनडुब्बीमा पनि महिला छन् ।

सम्बन्धित खबरहरु