काठमाडौं । पछिल्लो समय टिकटक लोकप्रिय सामाजिक सञ्जाल बनेको छ । यसको प्रयोगले गर्दा धेरै व्यक्तिहरु शुन्यदेखि शिखरसम्म पुगेका छन् ।

आफूभित्र लुकेको क्षमतालाई बाहिर ल्याउन गाउँदेखि शहरसम्म सबैतिर यसको प्रयोग भइरहेको छ । यसबीच सिराहाको सिराहा नगरपालिकामा एक भाइरल जोडी फेला परेको छ ।

दमार गाउँमा रहेका उनीहरु एकाएक टिकटकमा भाइरल भएका हुन् । दमार गाउँमा बस्दै आएको हेम परियार र विना परियारको जोडीलाई हेर्न चाहनेहरुको संख्या हजारौंमा छ । उनीहरुले केही समय अगाडि मात्रै विवाह गरेका हुन ।

विवाह गरेको छोटो समयमै टिकटकमा भाइरल भएका छन् । टिकटकमा ‘तपाईंले म जस्तो अरु पाउनु हुन्छ त कहिले तिमीलाई बिच बाटोमा छोडेर जान्छु’ भन्ने विषयमा बच्चाको जस्तै कलिलो स्वरमा अभिनय गरेर भिडियो बनाउँदै आएका छन् ।

उनीहरुलाई टिकटकमा २ लाख ५७ हजार भन्दा धेरैले पछ्याएका छन् भने ८० लाखले मन पराएका छन् । हेम बच्चादेखि नै गीतहरु गाउन निकै सिपालु भएको बताइन्छ ।

उनले परिवारसँग बसेर गीत गाएको भिडियो टिकटकमा राखेका थिए । उक्त भिडियो विनाले देखेपछि फेसबुकमा हेमलाई साथी बनाइन । साथी बनेर बोल्दै जाँदा विवाह भएको हो । गायक बन्ने सपना बोकेका उनले गायन विधामा कक्षा समेत लिएका छन् ।

 

सम्बन्धित खबरहरु