Nepal-Cric-team

 माघ, काठमाडौं । पाकिस्तान क्रिकेट बोर्डले नेपाली क्रिकेट टीममा पाकिस्तान भ्रमणको निम्तो दिएको छ । तर, नेपाल क्रिकेट संघ क्यानले भने अहिलेसम्म कुनै निर्णय गरेको छैन ।

पाकिस्तान क्रिकेट बोर्डका प्रमुख शहायर खानले नेपालसँगै नेदरल्याण्ड र नामिबियाको राष्ट्रिय टीमलाई क्रिकेटका लागि पाकिस्तान बोलाएको जानकारी दिए । उनका अनुसार श्रीलंका, बंगलादेश, जिम्बाबेले जुनियर टीम पठाउने आश्वासन दिएको बताएको छ ।

पाकिस्तान क्रिकेट बोर्डका प्रमुखको दाबीबारे बुझ्दा क्यानका अधिकारीहरुले पनि प्रस्ताव अएको स्वीकार गरेका छन् । तर सुरक्षाका कारण नेपाली टीमले पाकिस्तान भ्रमण गर्ने इच्छा नदेखाएको स्रोतले बतायो ।

सन् २००९ मा लाहोरमा श्रीलंकाको क्रिकेट टीममाथि आतंकवादी आक्रमण भएपछि कुनै पनि अन्तराष्ट्रिय टीमले पाकिस्तान भ्रमण गरेको छैन ।

सम्बन्धित खबरहरु