काठमाडौं । दुई छोरीहरुलाई एक्लो छोडेर एक महिला फरार भएकी छिन् ।

सुनसरीको इटहरी उपमहानगरपालिकामा यस्तो घटना देखा परेको हो । ती महिला विगत १ महिनादेखि फरार भएको खुलेको छ ।

३३ वर्षीया रञ्जना प्रधानले २ नाबालिक छोरीहरुलाई एक्लो पारेर फरार भएकी हुन् । उनका श्रीमान् विगत ३ वर्षदेखि बैदेशिक रोजगारीका लागि दुबई पुगेका छन् । अहिले पनि विदेशमा भएका उनले केही वर्ष पहिले श्रीमती र छोरीलाई कोठा भाडामा राखेका थिए ।

छोरी समीक्षका अनुसार रञ्जनाले पटकपटक छोरीहरुका अगाडि नै अन्य पुरुष ल्याउँथिन् । कहिले दाई त कहिले काका भनेर चिनाउने गरेको उनले जानकारी गराइन् ।

हराउनुपूर्व छोरीहरुसँग मलामी जान्छु भनेर निस्केको पनि खुलेको छ । छिमेकीहरुले बताए अनुसार प्रधान धेरै नै अरुसँग फोनमा कुरा गर्थिन् । आफन्तहरुले खोज्दै जाँदा उनले एकजनासँग एकदम धेरै कुरा गर्ने गरेको विवरण प्राप्त भएको छ ।

१ दिनमा ५० देखि ५५ पटक फोन गरेको कल विवरण आफन्तले फेला पारेका हुन् । सो नम्बरमा फोन गरेर जान्न खोज्दा ती व्यक्तिले आफ्नो नाम रामबहादुर साउद बताइरहेका छन् । फानमा कुरा गरिरहेका साउद आफ्नो घर डोटी बताउँछन् ।

रञ्जनासँग किन यति धेरै कुरा गरेको भनेर सोध्दा रामबहादुरले टिकटकबाट चिनजान भएको र साथीका रुपमा कुरा गर्ने गरेको बताए । उनले दिएको जानकारी अनुसार उनी नेपाली सेनामा कार्यरत छन् । रञ्जनाले धेरैजसो कुरा गरिरहेका नम्बर सेना र प्रहरी क्षेत्रका मानिसहरु भएको खुलेको छ ।

सम्बन्धित खबरहरु