काठमाडौं । जाडो मौसममा मान्छेहरुलाई घुम्न मनपर्छ । जाडोमा हिउँ परेको दृश्य हेर्न धेरैलाई रहर हुन्छ । सुन्दर र आर्कषण दृश्यहरुले गर्दा परिवारसँगै घुम्न मन पराउनेहरु धेरै छन् ।

जाडोमा कतिपयले विदेश यात्रा समेत गर्ने गर्छन् । तर स्वर्गको ढोका भनेर चिनिएको नेपालमा नै सुन्दर र रमणिय ठाउँहरु छन्, जहाँ तपाईं जाडोमा घुम्न सक्नुहुन्छ । आज हामी त्यस्ता केही स्थलबारे चर्चा गर्न गइरहेका छौँ ।

कालिञ्चोक
कालिञ्चोक दोलखा जिल्लाको अवस्थित एक धार्मिक पर्यटकीय स्थल हो । सदरमुकाम चरिकोटबाट करिब ३८४२ मिटरमा भएको ‘भगवती मन्दिर’ मा जाडो महिना बढेसँगै रमणीय दृश्यहरु अवलोकन गर्न पाइन्छ । त्यहाँका डाँडाबाट मनोरम रालवालिङ हिम श्रृङखलमका दृष्यहरु परिवारसँगै अवलोकन गर्नका लागि भए पनि एकपटक कालिञ्चोक पुग्नुपर्छ । चरीकोटदेखि ६ घण्टाको पैदल यात्रा गरेर त्यहाँ पुग्न सक्नुहुन्छ ।

पोखरा
पोखरा कास्की जिल्लामा पर्दछ । पोखरा, आफैंमा तालहरुको दृष्टिकोणले धनी उपत्यका हो । त्यहाँ रहेका फेवा, बेगनास, रुपासहितका ठूला ताल हेर्नका लागि जाडो मात्रै नभएर जुन पनि मौसममा पोखरा जान सक्नुहुन्छ ।

कमलपोखरीजस्ता साना तालहरुमा जाडो बढेसँगै पर्यटकहरुको चाप बढ्छ । त्यहाँ जाडोमा तालहरु निकै सुन्दर देखिने हुँदा परिवारसँग घुमफिर गर्नका लागि उत्कृष्ट ठाउँ मानिएको हो । फेवा तालमा पर्ने माछापुछे« हिमालको हिम श्रृङखलाहरु प्रष्टसँग हेर्नुको मज्जा बेग्लै हुन्छ । पोखरा उसै पनि पर्यटकिय क्षेत्र हो तर जाडो मौसममा त्यहाँ पर्यटकहरुको आगमन बढ्छ ।

नगरकोट
काठमाडौं उपत्यका नजिक चाँगुनारायण नगरपालिकामा पर्ने प्रसिद्ध स्थल हो नगरकोट । यो समुन्द्री सतहबाट २ हजार ७५ मिटर उचाइमा पर्दछ ।

जाडो महिनामा हिमपात पर्ने हुँदा परिवारका साथै अन्य साथीहरुसँग त्यहाँ यात्रा गर्न सक्नुहुन्छ । काठमाडौं उपत्यकामा हुने काम र जागिरको तनाव भुलाएर प्रकृतिको मजा लुट्न पनि मान्छेहरु समय मिलाएर नगरकोट पुग्छन् ।

त्यहाँबाट विश्वकै उच्च शिखर सगरमाथाको रोमाञ्चक दृश्यहरु हेर्न पाउने हुँदा स्वदेशी तथा विदेशी पर्यटकले भिड लाग्छ । त्यहाँबाट धौलागिरी, कञ्चन, मनास्लु, गणेश, लाङटाङ, गौरीशङ्कर, चोयु, ल्होत्से, मकालुसहितका हिमालहरुको मनै लोभ्याउने दृष्य देख्न पाउनुहुन्छ ।

पून हिल
पून हिल नेपालको गण्डकी प्रदेशको म्याग्दी र कास्की जिल्लाको सीमानामा अवस्थिर छ । पोखराबाट पुग्न २ देखि ३ दिन लाग्ने पुन हिलबाट अन्नपूर्ण, धौलागिरीलगायतका अन्य अग्ला चुचुराहरु देख्न पाइन्छ । गर्मीको समयमा भन्दा जाडोको समयमा त्यहाँ हिउँ पर्ने हुँदा सौन्दर्यता थप बढेर आउँछ । जाडोमा घाम ताप्दै परिवारसँग घुम्नका लागि यो ठाउँ उपयुक्त हो । त्यहाँ जाँदा काठमाडौं वा पोखराबाट ‘ए सीसी एपी’ अनुमति लिनुपर्छ ।

तिलिचो ताल
तिलिचो ताल मनाङ जिल्लामा अवस्थित छ । यो हिमालयको अन्नपूर्ण शृङ्खलामा ४,९४९ मिटरको उचाइमा पर्दछ । त्यस क्षेत्रबाट तालको अवलोकन गर्नुका साथै तिलिचा, निलगिरी, खंग्सार तथा मुक्तिनाथ हिमालका सुन्दर दृश्यहरु अवलोकन गर्न पाउनुहुन्छ ।

सम्बन्धित खबरहरु