१९ माघ, काठमाडौं । बोनीले दुई गोल गरेपछि आइभरी कोष्ट अफ्रिक कप अफ नेसन्सको सेमिफाइनलमा प्रवेश गरेको छ ।

आइतबार राति भएको खेलमा आइभरी कोष्टले अल्जेरियालाई ३–१ गोल अन्तरले पराजित गरेको छ ।

खेलमा आइभरी कोष्टले २६ औं मिनेटमा बोनीको गोलबाट अग्रता लियो । तर, ५१ औं मिनेटमा सुडानीले बराबरी गाले फर्काए ।

६८ औं मिनेटमा बोनीले नै फेरि आइभरी कोष्टलाई अग्रता दिलाए । खेलको अन्तिममा गार्भिन्होले गोल गरेपछि आइभरीकोष्ट ३–१ ले विजयी भयो ।

अब उसले फाइनल प्रवेशका लागि कंगोसँग खेल्नेछ । अर्को सेमिफाइनल घाना र गिनीबीच हुनेछ ।

सम्बन्धित खबरहरु