38728-amitabh-bachchan.jpg

१९ माघ, काठमाडौं । बलिउडमा प्रवेश गर्नु अघि अमिताभ बच्चा अल इण्डिया रेडियोमा प्रस्तुता बन्न चाहन्थे । यसका लागि उनले अडिसन पनि दिएका थिए, तर फेल भए ।

तर, चार दशकपछि अमिताभ एक पटक फेरि माइकको पछाडि आउँदैछन् ।

उनले १४ फेब्रुअरीबाट सुरु हुने विश्वकप क्रिकेटमा भारत र पाकिस्तानको खेलको कमेन्ट्री गर्ने भएका छन् । सन् १९८२ को फिल्म ‘नमक हलाल’मा अमिताभले एक सीनमा कमेन्ट्री गरेका थिए ।

तर, अहिले उनी क्रिकेटप्रतिको मायाका कारण नभइ आफ्नो फिल्म ‘षमिताभ’को प्रमोसनका लागि कमेन्टेटर बन्न लागेका हुन् ।

विश्वकपमा भारत र पाकिस्तानको खेल फेब्रअरी १५ मा हुनेछ । अमिताभ कपिल देव र शोएब अख्तरसँग कमेन्ट्री बक्समा हुनेछ ।

फिल्म प्रोडक्शन टीमका अनुसार भारत र पाकिस्तान खेलको लोकपि्रयतालाई सदुपयोग गर्ने यो राम्रो तरिका हो । यो फरक शैलीको प्रचारकमा अमिताभ पनि निकै खुसी छन् ।

सम्बन्धित खबरहरु