१९ माघ, काठमाडौं । वर्ल्डकप क्रिकेट सुरु हुन दुई हप्ता भन्दा पनि कम समय छ । अष्ट्रेलिया र न्यूजिल्याण्डले संयुक्त रुपमा आयोजना गर्ने प्रतियोगितामा क्रिकेटले विश्वका टप बलरहरुलाई भने मिस गर्ने भएको छ ।

आईसीसी वन डे इन्टरनेशनल बलिङ र्‍याङकिङको पछिल्ला ३ बर्षमा शीर्ष पाँच र २०१४ को सुरुदेखि पहिलो नम्बरमा रहेका पाकिस्तानी स्पीनर सईद अजमलले इलिगल बलिङ एक्सनका कारण विश्वकप गुमाएका छन् ।

उनलाइ सन् २०१४ को अगस्टमा श्रीलंकाबिरुद्धको पहिलो टेस्ट म्याचमा इलिगल बलिङ गरेको भन्दै आईसीसीले उनीमाथि प्रतिबन्ध लगाएको थियो ।

Top-Boller

वेस्ट इन्डिजका स्पीनर सुनिल नारिनले पनि २०१५ को वर्ल्ड कप नखेल्ने भएका छन् । २०१३ देखि नै शीर्ष चारभित्र पर्न सफल नारिन पछिल्ला बर्षहरुमा भने टप टू भित्र पर्दै आएका छन् ।

आईसीसीले उनलाई भारतीय क्लब कोलकत्ता नाइट राइर्डसका लागि खेल्दा गरेको बलिङ इलिगल भएको भन्दै उनलाई बीसीसीआईले आयोजना गर्ने खेलहरुबाट प्रतिबन्ध गरेको थियो । उनलाई वेस्ट इन्डिजले वर्ल्डकपको १५ सदस्यीय टोलीमा राखेको थियो ।

तर, उनी आफैँले वर्ल्डकप नखेल्ने घोषणा गरेका छन् ।

२०१४ मा टप १० भित्र पर्न सफल पाकिस्तानका मोहमद हफिजले २०१५ को वर्ल्डकप त खेल्ने छन् । तर, बलिङ भने गर्न पाउने छैनन् ।

२०१४ मा भएको न्यूजिल्याडविरुद्धको टेस्ट क्रिकेटका क्रममा उनको बलिङ एक्सन इलिगल भएको भन्दै आईसीसीले उनलाई सस्पेन्ड गरेको थियो । आईसीसीले लिएको टेस्टमा पनि उनको बलिङ एक्सन इलिगल भएपछि उनलाई बलिङमा प्रतिवन्ध नै लागेको छ ।

सम्बन्धित खबरहरु