काठमाडौं । नेपाली बजारमा सुनको मूल्य (Gold Price) बढेको छ । बुधबार नेपालमा सुनको मूल्य बढेको हो । चाँदीको मूल्य भने घटेको छ ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुनको मूल्य तोलामा २ सयले बढेको छ । अर्कोतिर चाँदीको मूल्य ३० रुपैयाँले घटेको छ । महासंघका अनुसार बुधबार छापावाल सुन प्रतितोला ९८ हजार ४ सय, तेजावी सुन ९७ हजार ९ सयमा कारोबार हुँदैछ ।

आज चाँदीको मूल्य १ हजार २९५ रुपैयाँ कायम गरिएको छ । मंगलबार छापावाल सुन ९८ हजार २ सय रुपैयाँ, तेजावी सुन ९७ हजार ७ सय र चाँदी १ हजार ३२५ रुपैयाँ प्रतितोलामा कारोबार भएको थियो ।

सम्बन्धित खबरहरु