१९ माघ, काठमाडौं । अष्ट्रेलियाले वरियता क्रमको शीर्ष स्थानमा रहँदै सन् २०१५ क्रिकेट वर्ल्डकप खेल्ने भएको छ ।
अन्तराष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)ले सोमबार सार्वजनिक गरेको एकदिवसीय र्याङ्किङमा १२० रेटिङका साथ अष्ट्रेलिया शीर्ष स्थानमा छ ।
अघिल्लो महिना पनि अष्ट्रेलिया पहिलो स्थानमै थियो । अष्ट्रेलियाले आइतबार इंग्ल्याण्डलाई पराजित गर्दै भारतसहितको त्रिकोणात्मक वेन डे सिरिज जितेको थियो ।
११४ रेटिङका साथ भारत दोस्रो तथा ११३ रेटिङसहित दक्षिण अफ्रिका तेस्रो स्थानमा छन् ।
प्लेअर र्याङ्किङमा ब्याटिङतर्फ दक्षिण अफ्रिकाका एबी डिभिलर्स पहिलो स्थानमै कायमै छन् भने हासिम अमला एक स्थानमाथि उक्लिदै दोस्रो स्थानमा छन् ।
अष्टे्रलियाका अलराउन्डर ग्लेन म्याक्सवेल १९ औं स्थानमाथि चड्दै १७ औं स्थानमा आइपुगेका छ्न । अर्का अलराउन्डर जेम्स फल्कनर पनि १४ ओं स्थानमाथि उक्लिएका छन् र २१ औं स्थानमा आएका छन् । मिचेल मार्स १९ औं स्थानमाथि चड्दै ५५ औं स्थानमा आएका छन् ।
बलिङतर्फ पहिलो स्थानमा सइद अजमल, दोस्रो स्थानमा सुनिल नारिन र तेस्रो स्थानमा डेल स्टेन छन् । तर, अजमल र नारिनले विश्वकप खेल्ने छैनन् ।
इङ्लिस बलर जेम्स एन्डरसन २ स्थानमाथि चड्दै चौथो स्थानमा आएका छन् भने अष्टे्रलियाका मिचेल स्टार्क ५ स्थान फड्को मार्दै ७ औं स्थानमा आएका छन् ।