काठमाठडौं । उत्तरी गाजा पट्टीको एक आवासीय भवनभित्र बिहीबार भएको भीषण आगलागीमा सात बालबालिकासहित कम्तीमा २१ प्यालेस्टाइनीको मृत्यु भएको छ ।

यस घटनामा परी अन्य ३० भन्दा बढी घाइते भएका सुरक्षा र चिकित्सा स्रोतहरुले बताएका छन् । जबलिया शरणार्थी शिविरको ताल–जातर क्षेत्रमा लागेको आगलागीमा परी मृत्यु हुनेको सङ्ख्या बढ्न सक्ने अनुमान गरिएको इन्डोनेसियाली अस्पतालका निर्देशक सलाह अबु लैलाले जानकारी दिनुभएको छ ।

 

प्यालेस्टिनी सिभिल डिफेन्सले एक विज्ञप्तिमा उद्धार टोली र धेरै सुरक्षाकर्मी घटनास्थलमा पठाएको घोषणा गरेको छ । प्यालेस्टिनी प्रत्यक्षदर्शीहरुले आगो नियन्त्रण गर्न एम्बुलेन्स र सिभिल डिफेन्सका कर्मचारीहरूले घण्टौसम्म काम गरिसकेको बताएका छन् ।

प्रारम्भिक अनुसन्धानले भवनभित्र ठूलो मात्रामा भण्डारण गरिएको इन्धनका कारण आगलागी भएको हुनसक्ने संकेत गरेको गाजाको आन्तरिक मन्त्रालयले एक विज्ञप्तिमार्फत जानकारी दिएको छ ।

महोत्तरीमा सुरक्षा व्यवस्था सुदृढ
मतदानपूर्वको स्थिर समय सुरु भएपछि उम्मेदवारले निर्वाचन प्रचारप्रसार रोकिएका छन् । दलका प्रतिनिधि र सबै उम्मेदवार आन्तरिक छलफलमा जुटेका देखिँदो छ । अगामी आइतबार सम्पन्न हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको निर्वाचनका लागि बिहीबार मध्यरातदेखि खुला प्रचार अवधि सकिएर स्थिर समय सुरु भएपछि सबैको ध्यान मतदानमा पुगेको छ ।

जिल्लाका सबै क्षेत्रमा सुरक्षागस्ती बढेको छ । आम मतदाताले भयरहित वातावरणमा मतदान गर्न पाउने गरी सुरक्षा व्यवस्था सुदृढ गरिएको जिल्ला प्रशासन कार्यालय र सम्बद्ध सुरक्षा निकायले जानकारी दिएका छन् ।

“हामीले जिल्लाभरिका सबै मतदानकेन्द्रको पटकपटक अनुगमन गरेर आवश्यक सुरक्षा प्रबन्ध सुदृढ गरेका छौँ”, जिल्ला सुरक्षा समितिका अध्यक्षसमेत रहनुभएका प्रमुख जिल्ला अधिकारी दिपक पहाडीले भन्नुभयो, “आम मतदातासँग ढुक्क भएर मतदान गर्न हाम्रो अपिल छ ।” जिल्लाका कुनै भेग, क्षेत्र वा बस्तीमा अवाञ्छित गतिविधि हुन नपाओस् भन्नेमा स्थानीय प्रशासन र सुरक्षा निकाय सचेत, सजग र सक्रिय रहेको उहाँको भनाइ छ ।

जिल्लामा सुरक्षा प्रबन्धका लागि करिब पाँच हजार सङ्ख्यामा सुरक्षा जनशक्ति परिचालित गरिएको जिल्ला सुरक्षा समितिले जनाएको छ । जिल्लामा जम्मा दुई सय ५८ मतदानस्थल र चार सय ९९ मतदानकेन्द्र छन् । सैनिक व्यारेक र कारागारमा गरी दुई अस्थायी मतदानकेन्द्रसहित मतदानकेन्द्रको जम्मा सङ्ख्या पाँच सय एक रहेको छ ।

सबै ठाउँमा मतदान प्रयोजनका सामग्रीसहित मतदानकर्मी जनशक्ति पुगीसकेका जिल्लास्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । जिल्लाभरिका यी मतदानकेन्द्रमा चार हजार पाँच जना कर्मचारी (मतदान अधिकृत, सहायक मतदान अधिकृत र अन्य आवश्यक जनशक्ति) परिचालित गरिएको मुख्य निर्वाचन अधिकृत हेमबहादुर सेनले जानकारी दिनुभयो ।

मतदान केन्द्रको स्वयंसेवी सुरक्षा प्रबन्धका लागि अस्थायी प्रहरी (म्यादी प्रहरी) र अन्य आवश्यक सुरक्षा जनशक्ति प्रत्येक मतदान केन्द्रमा पुगिसकेका प्रजिअ पहाडीको भनाइ छ । निर्वाचन अवधिभरि तीन घेराको सुरक्षा प्रबन्ध गरिएको छ । पहिलो घेरामा नेपाल प्रहरी, दोस्रोमा सशस्त्र प्रहरी र तेस्रोमा नेपाली सेना तैनाथ छन् । त्यसैगरी राष्ट्रिय अनुसन्धान कार्यालय महोत्तरीले सुरक्षा व्यवस्था र थप संवेदनशीलताबारे सुक्ष्म निगरानी गरिरहेको जनाइएको छ ।

मतदानस्थलको संवेदनशीलतालाई मध्यनजर गर्दै थप सुरक्षा जनशक्ति परिचालित गरिने जिल्ला सुरक्षा समितिले जनाएको छ । “जिल्लाका मतदानस्थलमध्ये एक सय ४३ वटा अति संवेदनशील, एक सय १४ संवेदनशील र एक सामान्यका रुपमा वर्गीकरण गरिएको छ”, प्रजिअ पहाडीले भन्नुभयो, “कतै अप्रिय घटना नहोस् भन्नेतर्फ पूर्ण सजगता अपनाइएको छ, संवेदनशीलता वर्गीकरण गरिएअनुसार त्यसको समुचित प्रबन्धमा जनशक्ति परिचालित छ ।” जिल्लाको भारतसँग सीमा जोडिएको करिब ३९ किलोमिटर दूरीभित्र नियमित सुरक्षा गस्ती भइरहेको पहाडीले जानकारी दिनुभयो ।

सीमाक्षेत्रबाट हुने दोहोरो आवतजावत गर्न स्थानीय प्रशासनले बिहीबार मध्यरातदेखि नै पूर्णरुपमा रोक लगाएको छ । सवारी साधनमात्र नभएर सीमाक्षेत्र वारपार गर्न पैदलयात्रीलाई पनि रोक लगाइएको प्रजिअ पहाडीले स्पष्ट पार्नुभयो ।

सीमाक्षेत्रबाट हुनसक्ने अवाञ्छित गतिविधि रोक्न दुवै (नेपाल÷भारत)तर्फ सीमासँग जोडिएका बस्तीमा सुरक्षा पोष्ट खडा गरिएका छन् । भारतीय सुरक्षा अधिकारी र प्रशासकसँग नियमित सम्पर्कमा रहिएकोे उहाँको भनाइ छ ।

मङ्सिर–४ गते बिहान सात बजेदेखि सुरु हुने मतदानको आवश्यक चाँजो र व्यवस्थापन पूरा भएको जिल्लास्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । निर्वाचन प्रयोजनको खुला प्रचार अवधि बिहीबार मध्यरातमै सकिएर अब स्थिर समय सुरु भएको हुँदा आचारसंहिताको पूर्ण पालनाका लागि सम्बद्ध सबैपक्षसँग पटकपटक अनुरोध गरिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

जिल्लामा चार प्रतिनिधिसभा र आठ प्रदेशसभा क्षेत्र छन् । दुवैतर्फ गरी दुई सय २९ जना उम्मेदवार प्रतिस्पर्धामा हुनुहुन्छ । ती मध्ये क्षेत्र नं १ मा ५५ जना (प्रतिनिधिसभा र प्रदेशसभासमेत), क्षेत्र नं २ मा ५६ जना, क्षेत्र नं ३ मा ५९ जना र ४ मा पनि ५९ जना हुनुहुन्छ । यी सबै गरी स्वतन्त्र उम्मेदवारको सङ्ख्या एक सय ३६ रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

जिल्लामा यसपटक तीन लाख ९७ हजार ३० मतदाता छन् । जसमा पुरुष दुई लाख १५ हजार एक हजार ३१, महिला एक लाख ८१ हजार आठ सय ९८ र अन्य (तेस्रोलिङ्गी) एक जना रहेका जिल्ला निर्वाचन कार्यालय महोत्तरीले यसअघि नै जानकारी दिइसकेको छ । रासस

 

 

सम्बन्धित खबरहरु