A heart touching emotional letter was sent by a Nepali girl from America to Jerry who was sad and lonely after the divorce

प्रिय बहिनी जेरी
न्यानो माया

व्यक्तिगत रुपमा म तपाईंलाई चिन्दिनँ। आकालझुकल तपाईंका गीतहरु सुनेकी छु, हेरेकी छु। निक्कै दह्रोरुपमा दोहोरी खेल्नु हुन्छ । धेरैको मनमुटुमा पनि बस्नु हुन्छ होला। भलै आकलझुकलको दर्शक/श्रोता भए पनि तपाईंको प्रतिभा र व्यक्तित्वबाट प्रभावित छु।

त्यसमाथि पनि तपाईं गोरखाकी हो भन्ने जान्दा मनमनै दिदी बहिनीको नाता पनि जोडेकी छु। केही समयदेखिको सामाजिक सन्जाल एवं मिडियाहरुमा आएका हल्लाहरु, भिडियो, अनुनय विनय आदि इत्यादिले मेरो पनि ध्यानाकर्षण गरेको थियो। तर चुप नै बसें। कसैको व्यक्तिगत जीवनमा चासो दिने बानी छैन।

हाम्रा सामाजिक सन्जाल एवं युट्युवर साथीहरुको दर्शक बढाउने अभियानको माध्यम बन्नु भएछ भन्ने जस्तो त्यति खेर नै लागेको थियो। एक सम्बन्धको सामान्य कथा हो, मत्थर होला केही दिनमा भन्ने जस्तो लागेको थियो तर आज दिनभरि नै सन्जाल र मिडियाभरि नै आँशुको भेल बगेको देख्दा लेखुँ कि नलेखुँ भन्ने अत्यन्त दुबिधामा यो चिठी लेख्दै छु।

हजुरको बारेमा लेख्न अगाडि मैले हजुरको अनुमति लिनु पर्ने हो। मसँग कुनै माध्यम भएन। साथै एक दिदीको हैसियतले सन्जाल र मिडियामा जुनरुपमा प्रस्तुत गरिएको छ त्यसको उपचार गरियोस् भन्ने उद्देश्यले ‘जेरी’लाई एक प्रतिनिधि पात्रको रुपमा प्रस्तुत गरेर यो चिठ्ठी लेखेकी छु।

धेरै जेरीहरुका आँशु र संबेग तथाकथित च्यानलहरुले बेचिराखेका छन्। तपाईंप्रतिको संबोधन र प्रतिनिधि पात्रको नाम मन परेन भने भन्नु होला यो लेख तुरुन्त फिर्ता गर्नेछु। बहिनी, सर्बप्रथम एक प्रश्न सोध्न चाहन्छु? हजुरका बैवाहिक समस्याका सन्दर्भ र भिडियोहरु कसरी मिडिया एवं सन्जालमा आएका हुन्? कि तपाईंले प्रेस मिट गर्नु भएको थियो?

या युट्युबर मित्रहरुले तपाईंको कथा पीडा आंशु संबेग बेचेर तपाईंलाई ‘विचरा’ बनाइरहेका छन्? यदि तपाइले प्रेसमिट नै गर्नु भएको थियो भने पनि यति कमजोर देखिने अबस्थामा यसो गर्न हुने थिएन कि भन्ने मलाई लागेको छ ।

मनमा चोट लाग्यो तर यस्को अर्थ यो होइन कि तपाईंका अनमोल आंशुको व्यापार गरियोस्। महिलालाई कमजोर देखाइयोस्। म त कुनै पनि दृडिभोर्स पछी दुखी र एक्ली जेरीलाई अमेरिकाबाट नेपाली चेलीले पठाइन् मन छुने भावुक चिठ्ठी (भिडियो सहित) ष्टिकोणले तपाईंलाई एक पुरुषको लागि बलिन्द्रधारा आँशु बगाउन पर्ने महिलाको रुपमा देख्दिन।

तपाईंले पाउनु भएको क्षणिक सहानुभुतिले तपाईं स्वयं, शंकरजी र तपाईंहरुको सन्तानलाई दीर्घकालम्म असर गर्ने छ। अर्को युट्युबरहरुको मनोमानी हो भने यो एक अपराध हो। उनीहरुले तपाईंलाई कमजोररुपमा प्रस्तुत गरेका छन्।

के छिनको छिनमै गीत रचेर गाएर मै हुँ भन्ने पुरुषहरुलाई पनि खुत्रुक्कै पार्ने सहाशिली जेरी यही हो त भन्ने शंका लाग्छ। अझै एउटा भिडियोमा त तपाईंको श्रीमानलाई एक युट्युबरले र्‍याखर्‍याख्ती पारिरहेका थिए। त्यो दृष्य हेर्दा अचम्म लागेको थियो। पारपाचुके माग्नु ठूलो गल्ती गरेजस्तो देखाइएको थियो।

सम्बन्धित खबरहरु