Charu wrote an emotional post wishing Sushmita Sen on her birthday

काठमाडौं । चर्चित भारतीय टिभी अभिनेत्री चारु असोपा हालै आफ्नो नयाँ घरमा सरेकी छिन् । राजीव सेनसँग ब्रेकअप गरेपछि उनले अब नयाँ जीवन सुरु गरेकी हुन् ।

चारु छोरी जियाना संग धेरै खुसी छिन् । ससुरालीसँग राम्रो सम्बन्ध भएको प्रमाण उनको सामाजिक सञ्जालका गरिएका पोस्टहरुबाट देख्न पाइन्छ । अब चारुले बलिउड अभिनेत्री तथा आमाजू सुष्मिता सेनलाई जन्मदिनको शुभकामना दिएकी छिन् ।

सेनका लागि उनले धेरै राम्रा कुराहरु पनि लेखेकी छिन् । बलिउड अभिनेत्री सुस्मिता सेन १९ नोभेम्बर २०२२ मा ४७ वर्षकी भइन् । यो विशेष अवसरमा सबैले उनलाई बधाई दिइरहेका छन् । अभिनेत्री चारु असोपाले पनि आफ्नी आमाजूको मनमोहक तस्बिर सेयर गर्दै सुन्दर नोट लेखेकी छिन् ।

उनी भन्छिन्, ‘मैले चिनेको अद्भुत व्यक्तिलाई जन्मदिनको शुभकामना । मलाई कडा परिश्रम गर्न सिकाउने नारीलाई जन्मदिनको शुभकामना । इमान्दार र उदार हुन सिकाउनुभयो ।

सबैलाई धन्यवाद । तपाईं साँच्चै सबै भन्दा राम्रो हुनुहुन्छ । लभ यु दिदी सुस्मिता सेन’ राजीव सेनसँग अलग भएपछि चारु असोपा आफ्नो नयाँ जीवन सुरु गर्न लागेकी थिइन् ।

तर पछि दुवै फेरि सँगै भए । तर, उनीहरु एक महिना मात्रै सँगै बसे र पुन: छुट्टिए । तर सुष्मिता सेनले उनको साथ कहिल्यै छोडिनन् । असोपालाई सधैं सेनको समर्थन रह्यो । हालै सुस्मिता सेनले भतिजी जियानाको जन्मदिनको पार्टी पनि आयोजना गरेकी थिइन् । जसका तस्विरहरु सामाजिक सञ्जालमा भाइरल भएका थिए ।

सम्बन्धित खबरहरु