After her mother fell ill, her daughter Ganga gave her vote in her name, what will happen now?

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी (केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पत्नी सीता दाहाल लामो समयदेखि बिरामी हुनुहुन्छ । यसबीच उहाँको अनुपस्थितिमा उहाँको नामबाट मतदान गरिएको छ ।

जानकारी अनुसार आज बिहान साढे सात बजेको समयमा भरतपुर महानगरपालिका–१४ स्थित नेपाल पुलिस स्कूल शान्तिपुरमा पुगेर छोरी गंगा दाहालले मतदान गर्नुभएको हो ।

छोरीले आमाको नामको मतदान गरेको स्थानीयले आरोप लगाएका छन् । चितवन–३ का सहायक निर्वाचन अधिकृत पुरुषोत्तम पौडेलले सीता दाहालको नामबाट मतदान भएको जानकारी प्राप्त भएको बताउनुभयो ।

उहाँका अनुसार सीताको नाममा मतदान भएको छ तर कसले हाल्यो भन्ने खुलेको छैन । कसले मतदान गरेको हो भन्नेबारे मतदान केन्द्रलाई नै जानकारी हुन्छ ।

उजुरी परेपछि छानबिन प्रकृया अघि बढाइने पौडेलले उल्लेख गर्नुभयो । काठमाडौंमा सीता दाहालको उपचार हुँदैछ । गंगाको सो केन्द्रमा नाम नभए पनि सीता दाहालको मतदाता नम्बर १४३३९२८३ हो ।

सम्बन्धित खबरहरु