गोरखा । प्रतिनिधि सभा र प्रदेश सभा सदस्य चुनावअन्तर्गत गोरखाको उत्तरी क्षेत्रका मतपेटिका सङ्कलन भइरहेको छ ।

जिल्लाका चुमनुब्री गाउँपालिकामा रहेका मतदान केन्द्रका मतपेटिका ल्याउन हेलिकप्टर पठाउने तयारी गरिएको छ ।

उत्तरी क्षेत्रका मतपेटिका हेलिकप्टरमार्फत् सदरमुकाम ल्याउन मुख्य निर्वाचन अधिृकत कार्यालयले आयोगमा सिफारिस गरेको छ । आज बेलुकासम्म मतपेटिका ल्याइने तयारी छ । क्षेत्र नं १ अन्तर्गतका भीमसेनथापा, शहीदलखन र आरुघाट गाउँपालिकाको मतपेटिका गएराति नै सदरमुकाम ल्याइसकिएको छ ।

क्षेत्र नं १ का मतपेटिका सदरमुकाममा रहेको जिल्ला समन्वय समितिको हलमा राखिएको छ । क्षेत्र नं १ को गणना त्यहीँ हुनेछ । क्षेत्र नं २ को मतपेटिका सङ्कलन भइसकेको छ ।

क्षेत्र नं २ को लक्ष्मी बजारमा रहेको निर्वाचन अधिकृतको कार्यालयमा मतगणना हुने यस क्षेत्रका सहायक निर्वाचन अधिकृत शिव रेग्मीले जानकारी दिनुभयो ।

 

सम्बन्धित खबरहरु