काठमाडौं । aishwarya abhishek bachchan daughter aaradhya अभिषेक बच्चन र ऐश्वर्या राय बच्चनकी छोरी आराध्या बच्चनले १६ नोभेम्बरमा आफ्नो ११ औं जन्मदिन मनाएकी छिन् ।

यो विशेष अवसरमा परिवारले घरमा भव्य पार्टीको आयोजना गरेको थियो । यसैबीच एउटा भिडियो सार्वजनिक भएको छ । भिडियोमा आराध्या परिवार र साथीभाइसँग केक काटिरहेकी छिन् ।

अमिताभ बच्चन र जया बच्चन पनि पार्टीमा देखिएका छन् । आराध्याले अमिताभलाई आफ्नै हातले केक पनि खुवाइन् । जन्मदिनमा आराध्याले सेतो पोशाक लगाएकी छिन्, जसमा उनी निकै क्यूट देखिएकी छिन् ।

छोरीको जन्मदिनको अवसरमा आयोजना गरिएको उक्त पार्टीमा बलिउड उद्योगका सबै साथीहरू उपस्थित थिए । सो पार्टीमा रितेश देशमुख पत्नी अभिनेत्री जेनेलिया डिसुजा र छोराछोरीसँगै पुगेका थिए ।

यसबाहेक ९० को दशककी चर्चित बलिउड अभिनेत्री सोनाली बेन्द्रे पनि देखिएकी थिइन् । पार्टीमा ऐश्वर्या राई बच्चनकी आमा वृन्दा राई पनि थिइन् ।

 

सम्बन्धित खबरहरु