गोरखा। गोरखाको निर्वाचन क्षेत्र नम्बर २ मा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अग्रता निकै फराकिलो बनेको छ । प्रचण्डले ३७ सय ८५ मतसहित अग्रता बनाइरहनुभएको छ ।

दोस्रो स्थानमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका कविन्द्र बुर्लाकोटीले ९ सय ३५ र एमालेका अब्दुस मियाँले ८ सय ३४ मत ल्याउनुभएको छ । समानुतपातिकमा माओवादीको १७ सय ९४, एमालेको १ हजार ६३ र राष्ट्रिय स्वतन्त्र पार्टीको २ सय ७४ मत आएको छ ।

सिन्धुपाल्चोक–१ को अपडेट : एमाले अगाडि
सिन्धुपाल्चोकका दुवै प्रतिनिधिसभा सदस्यको मतगणना जारी छ । पछिल्लो मतपरिणामअनुसार नौ हजार नौ सय ३२ मतगणना हुँदा क्षेत्र नं १ मा नेकपा (एमाले)का सरेश नेपालले चार हजार एक सय ४९ मत प्राप्त गर्नुभएको छ ।

त्यस्तै लोकतान्त्रिक–वाम गठबन्धनकातर्फबाट नेकपा (माओवादी केन्द्र)का उम्मेदवार माधव सापकोटाले तीन हजार सात सय २२ मत प्राप्त गर्नुभएको छ । क्षेत्र नं १ प्रदेश (१) मा कांग्रेसका मसिना खड्का तीन हजार सात सय १० र एमालेका युद्धविक्रम लामाले तीन हजार तीन सय २४ मत प्राप्त गर्नुभएको छ ।

सिन्धुपाल्चोक क्षेत्र नं २ मा प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणनामा लोकतान्त्रिक–वाम गठबन्धनकातर्फबाट नेपाली कांग्रेसका उम्मेदवार मोहन बस्नेतले अग्रता कायम गर्नुभएको छ । जारी मतगणनामा बस्नेतले चार हजार ६ सय १६ मत प्राप्त गर्नुभएको छ भने उहाँका प्रतिस्पर्धी नेकपा (एमाले)का शेरबहादुर तामाङले दुई हजार नौ सय ३९ मत प्राप्त गर्नुभएको छ ।

क्षेत्र नं २ प्रदेशसभा (१) मा नेकपा (माओवादी केन्द्र)का युवराज दुलाल चार हजार पाँच सय २९ एमालेका अमानसिं तामाङले दुई हजार आठ सय ४४ मत प्राप्त गर्नुभएको जिल्ला निर्वाचन अधिकारी विकास शर्मा रिजालले जानकारी दिनुभयो ।

सम्बन्धित खबरहरु