काठमाडौं । काठमाडौं भोटेबहाल चोकमा बा. १ ख ९५४१ नम्बरको बस दुर्घटना भएको छ ।

दुर्घटनामा सहचालक कुशल गुरुङको मृत्यु भएको छ । ९ जना यात्रुहरु घाइते भएका छन् ।

घाइतेहरुको वीर अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

संयुक्त यातायातको सार्वजनिक बस तिव्र गतिका कारण दुर्घटना भएको प्रहरीले जनाएको छ ।

सम्बन्धित खबरहरु