काठमाडौं । कतारमा जारी फिफा विश्वकपको तेस्रो दिन मंगलबार साउदी अरेबियाले अर्जेन्टिनालाई पराजित गरेको छ ।

खेलको १० औं मिनेटमा लियोनल मेस्सीले गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाएका थिए ।

उनले साउदी अरेबियाविरुद्ध पेनाल्टीमा गोल गरेका थिए । यो गोलसँगै अर्जेन्टिनाले खेलमा १–० को अग्रता लिएको थियो ।

अर्जेन्टिनाका लागि लाउटारो मार्टिनेजले दोस्रो गोल गरे तर रेफ्रीले त्यसलाई अस्वीकार गरे । साउदी अरेबियाले खेलको ४८ औं मिनेटमा पहिलो गोल गरेको थियो ।

साउदी अरबका लागि सालेह अलसेहरीले गोल गरेका हुन् । साउदी अरेबियाका लागि ५३ औं मिनेटमा सलेम एल्डसारीले दोस्रो गोल गरेका थिए ।

सम्बन्धित खबरहरु