काठमाडौं । इन्डोनेसियाको मध्य प्रान्त जाभामा सोमबार साँझ भएको एक सवारी साधन दुर्घटनामा कम्तीमा आठ जनाको मृत्यु भएको छ ।

यस दुर्घटनामा घाइते अन्य २० जनालाई अस्पताल भर्ना गरिएको छ ।
स्थानीय समयानुसार साँझ करिब २०ः३० बजे वोनोगिरी क्षेत्रको बुमिहारजो गाउँमा यात्रु बोकेको मिनीबस पहाडमा चढ्ने क्रममा बिजुली गुमाउँदा दुर्घटना भएको हो ।

Indonesia bus crash kills students, parents – DW – 03/11/2021

बिजुली गुमाएपछि मिनीबस स्थानीयको पोखरीमा खसेका प्रान्तीय प्रहरी प्रवक्ता इकबाल अल्कुदुस्सीले मङ्गलबार सञ्चारमाध्यमलाई जानकारी दिनुभएको छ । घाइते सबैलाई थप पहिचानका लागि नजिकैको अस्पतालमा पठाइएको छ ।

इन्डोनेसियामा प्रायः क्षमता भन्दा बढी यात्रु सवार, खराब सडक अवस्था र चालकले सवारी साधन लापरवाह तरिकाले चलाउने कारण प्रायः घातक सडक दुर्घटनाहरु हुने गरेको पाइन्छ ।

म्यानमारमा छ लाख ३३ हजार ४५ कोरोना सङ्क्रमित
म्यानमारमा पछिल्लो २४ घण्टामा कोभिड–१९ का ४० नयाँ घटना पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ६ लाख ३३ हजार ४५ पुगेको स्वास्थ्य मन्त्रालयले सोमबार जनाएको छ । विगत २४ घण्टामा ८ हजार दुई सय ७ जनामा कोरोना परीक्षण भएको र दैनिक पोजेटिभ दर ०.४९ प्रतिशत भएको मन्त्रालयले एक विज्ञप्तिमा जनाएको छ ।

पछिल्लो २४ घण्टामा कुनै पनि नयाँ मृत्यु नदेखिएकाले सोमबार देशमा कोभिड–१९ बाट मृत्यु हुनेको सङ्ख्या १९ हजार चार सय ८७ मा रहेको मन्त्रालयले जनाएको छ । सोमबार २८ नयाँ निको भएकासहित देशमा कोभिड–१९ बाट निको भएका बिरामीको कुल संख्या ६ लाख ७ हजार चार सय १२ पुगेको छ । दक्षिणपूर्वी एसियाली देशले सन् २०२० मार्चमा पहिलो पटक कोरोना सङ्क्रमित भेटिएका थिए । रासस

 

 

सम्बन्धित खबरहरु