Bruce lee death mystery:

काठमाडौं । मानिसहरू स्वस्थ रहन पर्याप्त पानी पिउन सल्लाह दिन्छन् । चम्किलो छालाको कुरा होस् वा भित्री अंगको हेरचाह गर्ने कुरा होस्, पानी पिउनु हरेक अवस्थामा फाइदाजनक हुन्छ भन्ने आम बुझाई रहेको छ ।

तर औषधि पनि धेरै सेवन गर्दा विष बन्न भन्छन् । यसबीच के पानी पिएर कोही मर्न सक्छ ? तपाईंको दिमागमा यो कुरा सायद आएको छैन् । तर हालै बाहिर आएको एक रिर्पोटले तपाईंलाई यसबारे सोच्नबाध्य पार्नेछ ।

हलिउड अभिनेता ब्रुस ली मार्सल आर्टका राजा थिए । उनको ठाउँ अहिलेसम्म कसैले लिन सकेको छैन् । विश्वमा आजसम्म ब्रुस लीजस्तो मार्सल आर्ट खेलाडी कोही पनि छैन् । सन् १९४० मा सान फ्रान्सिस्को (अमेरिका) मा जन्मेका ब्रुस लीले सानै उमेरमा लाखौंको मन जितेका थिए । आफ्नो ३२ वर्षको छोटो जीवनमा ब्रुस लीले यस्तो काम गरे कि उनको मृत्युको ४९ वर्ष बितिसक्दा पनि मानिसहरु उनको प्रशंसा गरेर थाक्दैनन् ।

जुलाई २०, १९७३ मा ब्रुस लीको मृत्यु भएको खबरले दुनियाँलाई स्तब्ध बनाएको थियो । लामो समयसम्म उनको मृत्यु र कारणलाई लिएर विवाद कायम भयो । कतिपयले ब्रुस लीको मृत्युलाई हत्या भन्दै आए । अर्का थरीले उनको मृत्यु हृदयाघातबाट भएको भन्थे ।

तर, पोस्टमार्टम रिपोर्टले मस्तिष्क सुन्निएको देखायो । हालै गरिएको एक अध्ययन अनुसार ब्रुस लीको मृत्यु मिर्गौलाको समस्याका कारण भएको देखाएको छ ।

ब्रुस लीको मृत्युको नयाँ कारण
क्लिनिकल किड्नी जर्नलमा प्रकाशित एक अध्ययनका अनुसार ब्रुस ली धेरै पानी पिएका कारण यो संसारबाट विदा भएका हुन् । धेरै पानी सेवन गरेका कारणले उनको मृत्यु भएको खुल्न आएको छ । उनले सेवन गरेको पेय पदार्थ मृगौलाले प्रशोधन गर्न सकेन् ।

ब्रुस लीको मृत्युको बारेमा भएका तथ्यहरूबारे खोज गरेपछि, अनुसन्धान टोलीले अधिक पानीका कारण नै ज्यान गएको निष्कर्ष निकाल्यो । चिकित्साको भाषामा भन्दा लीको मृत्युको कारण हाइपोनेट्रेमियाको कारण उत्पन्न सेरेब्रल एडेमा थियो ।

पोस्टमार्टम रिपोर्टमा मृत्युको कारण उल्लेख छ
ब्रुस लीको पोस्टमार्टम रिपोर्टमा मस्तिष्क सुन्ननेका कारण मृत्यु भएको भनिएको छ । ब्रुस ली पेनकिलर औषधि इक्वाजेसिकका कारण सेरेब्रल एडेमाको सिकार भएको विश्वास गरियो ।

मृत्यु अघि देखिएका लक्षणहरू
मृत्युको दिन, ब्रुस लीले टाउको दुख्ने र रिंगटा लाग्नेजस्ता लक्षणहरु अनुभव गरेका थिए । त्यसपछि उनले इक्विजेसिक लिए र दुई घण्टापछि मृत्यु भयो ।

हाइपोनेट्रेमिया भनेको के हो ?
मेयो क्लिनिकका अनुसार, हाइपोनेट्रेमिया तब हुन्छ जब तपाईंको रगतमा सोडियमको मात्रा असामान्य रूपमा कम हुन्छ । सोडियम एक इलेक्ट्रोलाइट हो, यसले तपाईंको कोशिकाहरूमा र वरपर पानीको मात्रालाई नियन्त्रण गर्न सहयोग गर्छ । सरल भाषामा, यो त्यो चिकित्सा अवस्था हो जहाँ कमजोर मृगौलाले पानी प्रशोधन गर्न सक्षम नभएको संकेत गर्दछ ।

हाइपोनेट्रेमियाका लक्षण

  • वाकवाकी र बान्ता
  • टाउको दुख्नु
  • भ्रममा हुनु
  • ऊर्जाको हानि, निद्रा र थकान महसुस गर्नु
  • व्याकुलता र चिडचिडापन देखिनु
  • मांसपेशी कमजोरी हुनु
  • ऐंठन र दौरा पर्नु
  • कोमामा जानु रहेका छन् ।

हाइपोनेट्रेमिया कसरी हुन्छ ?
हाइपोनेट्रेमिया शरीरमा सोडियम स्तरलाई असर गर्ने औषधिहरूको परिणाम हुन सक्छ । यसबाहेक मुटुको समस्या , मृगौला वा कलेजोको समस्या, अत्यधिक पानी पिउने, हर्मोनमा आउने परिवर्तन, व्यायामजस्ता गहन गतिविधिले पनि हाइपोनेट्रेमिया हुन सक्छ ।

केहि घण्टामा मृत्यु
मृगौलाको पानी उत्सर्जन गर्ने क्षमतालाई कम गर्ने व्यवहार, जस्तै लागूपदार्थ र रक्सीको प्रयोगले पनि यस प्रकारको समस्या उत्पन्न हुन सक्छ । वैज्ञानिकहरूले निष्कर्षमा भनेका छन्, ‘हाम्रो अनुमान छ कि ब्रुस लीको मृत्यु विशेष प्रकारको मृगौला फेल भएर भयो । पानीको होमियोस्टेसिस कायम राख्न पर्याप्त पानी उत्सर्जन गर्न असमर्थता, जुन मुख्यतया ट्युबुलर प्रकार्य हो ।’ यो अवस्थाले हाइपोनेट्रेमिया, सेरेब्रल एडेमा निम्त्याउन सक्छ । कतिपय अवस्थामा यसले केही घण्टामै बिरामीको ज्यान लिन सक्छ ।

नोट : यो लेख सामान्य जानकारीको लागि मात्र तयार पारिएको हो । यो कुनै पनि तरिकाले औषधि वा उपचारको विकल्प हुन सक्दैँन् । थप जानकारीका लागि सधैं सम्बन्धीत विषयमा विज्ञ डाक्टरसँग सल्लाह लिने गर्नुहोस् ।

bruce lee death mystery solved drinking too much water causes hyponatremia which killed worlds best martial artist

सम्बन्धित खबरहरु