Gokarna Bista secures victory in Gulmi for the fourth time : win over Ram Kumari Jhankri

काठमाडौं । नेकपा एमालेका उम्मेदवारसँग पराजित भएपछि रामकुमारी झाँक्रीको पहिलो प्रतिकृया आएको छ ।

एकिकृत समाजवादीकी नेतृ झाँक्री गठबन्धनका तर्फबाट उम्मेदवार हुनुहुन्थ्यो । उहाँलाई एमाले नेता गोकर्ण विष्टले सहजै हराउनु भएको हो ।

त्यसपछि प्रतिकृया दिँदै यो निर्वाचन आफ्ना लागि अत्यन्तै रोमान्चक रहेको बताउनुभयो । नेतृ झाँक्रीले विष्टलाई बधाई दिनु भएको छ ।

उहाँले लेख्नुभयो, ‘यो निर्वाचनमा विजयी मेरो आदारयिण दाजु अग्रज गोकर्ण विष्टलाई हार्दिक बधाई र सफल कार्यकालको शुभकामना । गुल्मी जिल्लाको समग्र विकास र समृद्धिको यात्रामा म सधैं साथमा रहनेछु ।’

साथै, यसपटकको चुनावबाट कुनै प्रसिद्ध विश्वविद्यालयमा पढे भन्दा बढी ज्ञान लिएको जिकिर पनि उहाँले गर्नुभएको छ । उहाँले लेख्नु भएको छ, ‘समाज र सामाजिक जीवनका थुप्रै पक्षको बारेमा समाजको पिधसम्म पुगेर हेर्ने, बुझ्ने, जान्ने मौका पाएँ ।

यो साढे दुई दशकमा समाजलाई जसरी अराजनीतिकीकरण (एक प्रकारको गलत प्रयोग) गरिएको रहेछ नि, त्यो चाँही लोकतन्त्रको लागि गम्भीर छ । डर लाग्दो छ ।

जय र पराजय सामान्य प्रक्रिया हुन । मैले अत्यन्तै सहज रूपमा लिएको छु ।’ आफूलाई मतदान गर्ने सबैप्रति सधै ऋणी हुने पनि उहाँले जानकारी गराउनुभयो ।

सम्बन्धित खबरहरु