tu exam result:

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले प्रवेश परीक्षाको नतिजा प्रकाशित गरेको छ ।

मानविकी तथा सामाजिकशास्त्र संकायले प्रवेश परीक्षाको नतिजा सार्वजनिक गरेको हो । एक सूचना जारी गर्दै त्रिविले भनेको छ, ‘मिति २०७९/०७/२६ गते यस संकायबाट लिइएको प्रवेश परीक्षाको नतिजा क्याम्पस/कलेज कोड र सिम्बोल नम्बर अनुसार प्रकाशित गरिएको व्यहोरा सम्बन्धित सबैलाई जानकारी गरिन्छ ।

मिति २०७९ पुष ०१ गतेबाट कक्षा सञ्चालन हुने भएको हुँदा योग्यताक्रम अनुसार उत्तीर्ण विद्यार्थीहरुले मिति २०७९ मंसिर २० गतेभित्र आफूले अध्ययन गर्न चाहेको क्याम्पस/कलेजमा भर्ना गर्नुपर्नेछ ।

साथै, क्याम्पस/कलेजहरुले १० प्रतिशत छात्रवृति लागू गरी भर्ना भएका विद्यार्थीहरुको योग्यताक्रम र छात्रवृति विवरण यस डीनको कार्यलयमा मिति २०७९ मंसिर २५ गतेभित्रबुझाउनुपर्नेछ र उक्त भर्ना भएका विद्यार्थीहरुको प्रथम सेमेस्टरको परीक्षा मिति २०८० बैशाख/जेठमा सञ्चालन हुने पनि सूचित गरिन्छ ।’ नतिजा हेर्न यहाँ क्लिक गर्नुहोस्

सम्बन्धित खबरहरु