काठमाडौं । त्रिभुवन विश्वविद्यालयले परीक्षा सम्बन्धी अत्यन्तै जरुरी सूचना प्रकाशित गरेको छ ।

त्रिभुवन विश्वविद्यालय मानविकी तथा सामाजिक शास्त्र संकाय डीनको कार्यालय बल्खुले परीक्षा फारम भर्ने सम्बन्धि सूचना प्रकाशित गरेको हो ।

स्नातकोत्तर (एमए) तह दोश्रो र चौथो सेमेस्टर तथा अधिस्नातक (पीजीडी) तह दोश्रो सेमेस्टरको सत्रान्त परीक्षाको अनलाइन फारम भर्ने सम्बन्धि जरुरी सूचना प्रकाशित गरिएको छ ।

त्रिविले एक सूचना जारी गर्दै भनेको छ, ‘त्रिभुवन विश्वविद्यालय मानविकी तथा सामाजिक शास्त्र संकाय डीनको कार्यालयबाट सेमेस्टर प्रणालीमा सञ्चालित स्नातकोत्तर (एमए) तहको शैक्षिक वर्ष २०२१ का नियमित तथा सोभन्दा अघि (शैक्षिक वर्ष २०१८ सम्म) का आंशिक परीक्षार्थीहरुको चौथो सेमेस्टर तथा अधिस्नातक (पीजीडी) तह दोश्रो सेमेस्टरको सत्रान्त परीक्षा २०७९ साल पौष हप्ता पश्चात सञ्चालन हुने भएकाले सम्बन्धित सबै विद्यार्थीहरुलाई २०७९ साल मंसिर २९ गतेसम्म अनलाइन परीक्षा फारम भर्नका लागि सूचित गरिन्छ ।’

सम्बन्धित खबरहरु