नेकपा एमालेका उपाध्यक्ष भीम रावलले संविधान लेखन प्रक्रिया अब कुनैपनि हालतमा नरोकिने स्पष्ट पारेका छन् ।
सोमबार रिपोर्टर्स क्लब नेपालले सोमबार आयोजना गरेको साक्षात्कारमा उपाध्यक्ष रावलले संविधान लेखनवारे प्रश्नावली समिति बनाएको र प्रक्रियाले गति लिईसकेको भन्दै अब त्यसबाट कुनैपनि हालतमा व्याक हुनै नसक्ने बताए ।
रावलले विपक्षी मोर्चाले घोषणा गरेको आन्दोलन तत्काल स्थागित गरी वार्ताको टेवलमा आए प्रक्रियाको विषयमा सोच्न सकिने समेत विश्वास व्यक्त गरे । सत्तारुढ दलले विपक्षी मोर्चालाई वार्ता तथा सम्वादको लागि धेरै पटक आग्रह गर्दा पनि उनीहरुले बेवास्ता गरेको रावलले गुनासो गरे ।
फोरम गणतान्त्रिकका अध्यक्ष राजकिशोर यादवले सत्तारुढ दलले बहुमतको दम्भ देखाएर प्रक्रियाबाट संविधान जारी गरे आफूहरु संविधानसभा छोडने चेतावनी दिए ।
अध्यक्ष यादवले नेपाली काग्रेस र नेकपा एमालेले १० प्रदेशको खाका कार्यान्वयन गरे आपूहरु प्रक्रियामा जान तयार रहेको पनि बताए । यादवले मधेशवादीहरुको मागलाई सम्बोधन गरेर काँग्रेस र एमालले संविधान ल्याए आफूहरुको आन्दोलनको कुनै तुक नहुने स्पष्ट पारे ।