football-abstract-6aकाठमाडौं । राष्ट्रिय लिग फुटबलमा सशस्त्र प्रहरीको एपीएफ क्लबले पहिलो जित हासिल गरेको छ ।

पहिलो खेलमा विभागीय टोली त्रिभुवन आर्र्मी क्लबसँग १–१ गोलको बराबरी खेलेको सशस्त्रले दोस्रो खेलमा सोमबार मोरङ फुटबल क्लबलाई ४–१ ले पराजित गरेको हो ।

सशस्त्रलाई जिताउने क्रममा रन्जन विष्टले दुई तथा अन्जन विष्ट र नवीन लामाले एक–एक गोल गरे । पराजित मोरङले राज पौडेलको गोलबाट खेलमा प्रारम्भिक अग्रता लिएको थियो ।

पहिलो खेलमा उपाधि दाबेदार थ्रीस्टार क्लबसँग ३–० ले पराजित भएको मोरङ सशस्त्रसँगको हारले लिग तालिकाको पुछारको सूदुरपश्चिमान्चल फुटबल क्लब कैलालीसँगै पुगेको छ ।

पहिलोपटक ‘होम एन्ड अवे’ का आधारमा जारी प्रतियोगितामा दुबै खेल जितेर थ्रीस्टार ६ अंकका साथ शीर्ष स्थानमा छ भने मनाङ–मस्र्याङ्दी क्लब गोल अन्तरमा पछाडि पर्दै दोस्रो स्थानमा छ ।

सम्बन्धित खबरहरु