Puspakamal dahal Prachanda:

गोरखा । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड गोरखा क्षेत्र नं. २ बाट निर्वाचित हुनुभएको छ । उहाँ १३ हजार भन्दा बढी मत अन्तरले प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुनुभएको हो ।

उहाँका निकटतम प्रतिस्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टीका कविन्द्र बुर्लाकोटी हुनुभयो । नेकपा एमालेक उम्मेदवार अब्दुस मिया तेस्रो स्थानमा रहनुभयो ।

प्रचण्डको सचिवालयका एक सदस्यका अनुसार प्रचण्डले २६ हजार १०३ मत प्राप्त गर्नुभएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका बुर्लाकोटीले १२ हजार ६३७ र एमाले उम्मेदवार अब्दुस मियाले ७ हजार ३९३ मत पाउनुभयो ।

माओवादी अध्यक्ष प्रचण्डले २०६४ यताका सबै चुनाव लगातार जित्दै आउनुभएको छ । २०७४ को चुनाव चितवन क्षेत्र नम्बर ३ बाट जित्नुभएका उहाँले यसपटक गोरखा २ रोज्नुभयो ।

सम्बन्धित खबरहरु