man celebrates birthday at crematorium invited more than100 guests in kalyan-maharashtra:

काठमाडौं । एक व्यक्तिले मसानघाट (शवदाह गृह) मा जन्मदिनको पार्टी दिएका छन् ।

भारत, महाराष्ट्रको ठाणे जिल्लाको कल्याण शहरका एक बासिन्दाले समाजमा व्याप्त अन्धविश्वास विरुद्ध सन्देश दिन मसानघाटमा आफ्नो जन्मदिन मनाएका हुन् ।

गौतम रत्न मोरे १९ नोभेम्बरमा ५४ वर्षको भए । त्यसपछि उनले आफ्नो जन्मदिन मनाउन शनिबार राति महने शवदाह गृहमा पार्टी आयोजना गरेका हुन् । जन्मदिनको शुभकामना दिन आएका पाहुनाहरुलाई बिरयानी र केक खुवााइएको थियो ।

बुधबार सामाजिक सञ्जालमा यो पार्टीको भिडियो समेत सार्वजनिक भयो, जसमा मानिसहरु जन्मदिन मनाउँदै छन् ।

कालो जादू र अन्धविश्वासविरुद्ध अभियान चलाउँदै आएका चर्चित समाजसेवी स्वर्गीय सिन्धुताई सापकल र स्वर्गीय नरेन्द्र दाभोलकरबाट प्रेरित भएर आफूले यस्तो पार्टी आयोजन गरेको मोरेले सो अवसरमा सञ्चारकर्मीलाई जानकारी गराए ।

उनले भूत प्रेत केही पनि हुँदैन भनेर सन्देश दिन चाहेको पनि बताए । उनको जन्मदिनमा ४० महिला र बालबालिकासहित १०० भन्दा बढी पाहुनाहरु सहभागी थिए ।

सम्बन्धित खबरहरु