काठमाडौं । Saudi arabia exaction method : फिफा विश्वकप अन्तर्गत गत मंगलबार भएको तेस्रो खेलमा साउदी अरबले दुई पटकको विश्व च्याम्पियन अर्जेन्टिनालाई २–१ गोलान्तरले पराजित गरेपछि यतिबेला विश्वभर चर्चा भइरहेको छ ।

तर साउदीको अर्को रुप पनि छ, त्यो त्यहाँको कडा नियम कानुन हो । आज पनि लाखौं नेपालीहरु कामका लागि उक्त देशमा जान्छन् । केहि दिन पहिले एक नेपालीले हत्या आरोपमा मृत्युदण्ड पाएका थिए ।

हालै, साउदी अरेबियाले १४ दिनमा १२ जनाको टाउको छिनाएको आरोप लागेको छ । विश्वको ध्यान फिफा विश्वकपमा केन्द्रित हुँदा साउदी अरेबियाले यो सब काम गरेको हो ।

यी सबैलाई साउदीमा लागूऔषध सम्बन्धी मुद्दामा मृत्युदण्डको सजाय सुनाइएको हो । साउदी अरेबियाले सन् २०२१ मा अहिंसक अपराधमा मृत्युदण्ड नदिने वाचा गरेको थियो । तर त्यो वाचा व्यवहारमा भने लागु हुन सकेन् ।

यसबीच, आइतबार साउदी युवराज मोहम्मद बिन सलमान कतारमा भइरहेको विश्वकपको उद्घाटन समारोहमा उपस्थित थिए । आउनुहोस् जानौँ साउदीमा मृत्युदण्ड सम्बन्धी नियमहरू कस्ता छन्

यदि हामीले साउदीमा मृत्युदण्ड सम्बन्धी नियमको कुरा गर्यौ भने, संयुक्त राष्ट्र मानव अधिकार सम्बन्धी निकायले यस सम्बन्धमा एक रिपोर्ट जारी गरेको थियो । पहिलो विधि भनेको तरवारले एकै प्रहारमा शरीरबाट टाउको अलग गर्नु हो ।

साउदी अरेबियाका अनुसार यस विधिमा घाँटीमा शरीरको पछाडिको भागमा प्रहार हुन्छ । यो पीडारहित विधि हो । तर प्रतिवेदनका अनुसार कतिपय यस्ता घटना पनि देखिएका छन्, जहाँ फाँसी दिने (जल्लाद) हरूले नियम पालना गर्दैनन् । जल्लादले टाउको छिनाउन धेरै पटक प्रहार गर्छ । दर्दनाक कुरा के भने त्यस अवधिमा सजाय पाउनेको परिवार पनि उपस्थित हुन्छ ।

फाँसीमा चढ्नु पनि नियममा छ, तर त्यस्ता घटनाहरू देख्न पाइएको छैन । मृत्युदण्ड दिएपछि जनतामा डर पैदा गर्न शवलाई केही समय चोक चौराहमा झुण्ड्याइन्छ । कति समयलाई झुण्याइन्छ भन्ने कुरा यकिन छैन ।

कहिलेकाहीँ फाँसी दिँदा तरवारवाला भएन भने गोली चलाइन्छ । साउदीमा यस प्रकारको सजाय दिइएका घटना धेरै कम छन् । साउदीले केही समयअघि धेरै अनुभवी तरवारधारीलाई काम दिएको थियो ।

परिवारले शव पनि पाउँदैनन्
साउदी अरबमा ढुङ्गाले हानेर दिने मृत्युदण्डको सजाय पनि प्रचलनमा छ । यो सजाय व्यभिचारको आरोप लागेकाहरूलाई मात्र दिइन्छ । यसमा अपराधीलाई घुँडा वा छातीसम्म गाडिन्छ ।

अपराधी नमर्दासम्म जनताले ढुङ्गाले हान्छन् । तर, मृत्युदण्डबाट मानिसहरूलाई जोगाउने संस्था रिप्रिभले साउदीमा भएका यस खालका सजायबारे आफूलाई जानकारी नभएको बताएको छ ।

यसबाहेक मृत्युदण्डको सजाय पाएको व्यक्तिको शव परिवारका सदस्यले लिएको छ वा छैन भन्ने कुरा पनि थाहा हुँदैन् । विदेशी नागरिकहरू संलग्न भएका घटनाहरूमा, साउदी अधिकारीहरूले शव फिर्ता गर्न बारम्बार अस्वीकार वा ढिलाइ गरेका घटनाहरु पनि हाम्राबीच छन् । राजनीतिक प्रदर्शनसँग सम्बन्धित घटनाहरूमा, त्यहाँको सरकारले गाड्ने ठाउँ पनि खुलाउँदैन् ।

 

सम्बन्धित खबरहरु