काठमाडौं । सन् २०२१ को अन्त्यमा सन् २०२२ को बारेमा धेरै भविष्यवाणी गरिएका थिए । year 2022 prediction time travellers make bizarre alien war earth would descend into darkness : यसबीच विश्वका प्रसिद्ध ज्योतिषी नोस्ट्राडेमस र बाबा वेन्गाले डरलाग्दो भविष्यवाणी गरेका थिए ।

त्यसपछि टाइम ट्राभलरले पनि धेरै भविष्यवाणी गर्न भ्याएका थिए । टाइम ट्राभलरले सन् २०२२ मा एलियनसँग मान्छेको युद्ध हुनसक्ने दावा गरे, तर अहिलेसम्म त्यो भएन ।

यसबाहेक, वैज्ञानिकहरूले समुद्रमा डुबेको पौराणिक सहर एटलान्टिसको खोजी गर्न सक्ने दाबी पनि गरिएको थियो, जुनकुरा अहिलेसम्म भएको छैन् । एक टाइम ट्राभलरले पृथ्वी अन्धकार हुने दाबीसम्म गर्न भ्याएका थिएन ।

उनको दावा अनुसार इजिप्टका पिरामिडहरू हावामा उड्नुपर्ने थियो । टाइम ट्राभलर एस्थेटिकटाइमवार्परले एटलान्टिस सहर फेब्रुअरी २ मा एट्लान्टिक महासागरमा पत्ता लाग्ने भविष्यवाणी गरेका थिए । उनका अनुसार एटलान्टिस शहर मानव–माछा जीवनको घर हो ।

विश्व सामु एक चर्चित व्यक्तित्व देखिने पनि बताइएको थियो । ती सेलिब्रेटीले आफ्नो मृत्युको बारेमा संसारलाई मूर्ख बनाएका छन् भनियो, जुन कुरा अहिलेसम्म भएन् । एक टिकटक प्रयोगकर्ता फ्युचर टाइम ट्राभलरको दाबी अनुसार २०२२ मा पृथ्वीमा धेरै विनाशकारी घटनाहरू हुने बताएका थिए ।

उनको कुरामा विश्वास गर्ने हो भने एलियनहरू पृथ्वीमा आएर मान्छेसँग युद्ध लड्छन् भन्ने उनको भविष्यवाणी थियो । यहाँसम्म कि उनले एलियनको लम्बाइ सात फिट हुने र रंग गाढा खैरो हुने बताएका थिए। सन् २०२२ मा एलियन पृथ्वीमा आउने र यो घटना मे महिनामा हुनसक्ने दावी गरिएको थियो ।

एक जनाले त सन् २०२२ मा ज्वालामुखी विष्फोट हुने भविष्यवाणी गरेका थिए । बुल्गेरियाका बाबा वेन्गाले पनि सबैलाई हैरान पार्ने भविष्यवाणी गरेका थिए । उनले सन् २०२२ मा कोरोनाभन्दा खतरनाक भाइरस आउने बताए ।

सलहको आक्रमणबाट भारतमा भोकमरी आउन सक्ने बताइएको थियो । नोस्ट्राडेमसले पनि डरलाग्दो भविष्यवाणी गरेका थिए । उनले सन् २०२२ मा आणविक बम विस्फोट हुने र त्यसबाट जलवायु परिवर्तन हुने आशंका गरेका थिए । माथि उल्लेख गरिएकामध्य कुनै पनि कुराहरु २०२२ समाप्त हुन एक महिना बाँकी रहँदासम्म देख्न पाइएको छैन् ।

सम्बन्धित खबरहरु