काठमाडौं । स्विट्जरल्याण्डले क्यामरुनलाई पराजित गर्दै कतारमा जारी फिफा विश्वकप फुटबलमा विजयी सुरुआत गरेको छ । कतारको अल जानुब स्टेडियममा आज भएको खेलमा क्यामरुनलाई १–० गोलले हराउँदै स्विट्जरल्याण्डले विजयी सुरुआत गरेको हो ।

स्विट्जरल्याण्डको जितमा ब्रिल एम्बोलोले गरेको एक गोल नै निर्णायक गोल साबित भयो । उनले खेलको ४८ औँ मिनेटमा साकिरीको पासमा गोल गरेका थिए ।

यस जितसँगै समूह ‘जी’ मा रहेको स्विट्जरल्याण्डले ३ अङ्क जोडेको छ । समूह जी अन्तर्गत आज हुने अर्को खेलमा पाँच पटकको विश्व विजेता ब्राजिलले सर्बियाको सामना गर्नेछ । त्यसैगरी समूह एच मा आजै उरुग्वे र दक्षिण कोरिया तथा पोर्चुगल र घानाबीच प्रतिस्पर्धा हुनेछ ।
बाँकेको क्षेत्र नं १ मा एमालेका ढकाल विजयी
बाँकेको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं १ मा नेकपा (एमाले) का सूर्य ढकाल विजयी हुनुभएको छ । उहाँ २५ हजार २६ मत प्राप्त गरी निर्वाचित हुनुभएको सहायक निर्वाचन अधिकृत सन्दीप ढकालले जानकारी दिनुभयो ।

लोकतान्त्रिक–वाम गठबन्धनबाट युवा तथा खेलकुदमन्त्री महेश्वर गहतराज (अथक) लाई पाँच हजार तीन सय ९४ मतले पराजित गर्दै उहाँ निर्वाचित हुनुभएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

गहतराजले १९ हजार छ सय ३२ मत पाउनुभएको छ । सो निर्वाचन क्षेत्रमा नागरिक उन्मुक्ति पार्टीका सुरेशकुमार चौधरीले ११ हजार चार सय ६५ मत प्राप्त गर्दा राष्टिय स्वतन्त्र पार्टीका आनन्दबाबु काफ्लेले १० हजार ७१ मत प्राप्त गर्नुभएको छ । तीन निर्वाचन क्षेत्रमध्ये सबैभन्दा बढी १ नं निर्वाचन क्षेत्रमा एक लाख २१ हजार एक सय मतदाता छन् ।

जिल्लाको निर्वाचन क्षेत्र नं १ मा कोहलपुर नगरपालिका, राप्तीसोनारी गाउँपालिका र नरैनापुर गाउँपालिका पर्छ । उक्त क्षेत्रको प्रदेशसभातर्फको मतगणना जारी छ । रासस

सम्बन्धित खबरहरु