काठमाडौं । प्रतिनिधिसभा क्षेत्र नं १ प्रदेशसभा (१) को सदस्यमा नेकपा (माओवादी केन्द्र)का रत्न ढकाल विजयी हुनुभएको छ ।

गत आइतबार सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको मतगणनामा नौ हजार चार सय ४२ को भारी मतान्तरसहित उहाँ विजयी हुनुभएको हो ।

बागमती प्रदेशका युवा तथा खेलकुदमन्त्रीसमेत रहेका ढकालले २० हजार सात सय २० मत प्राप्त गर्नुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का उम्मेदवार दिलबहादुर तामाङ (दिलीप)ले ११ हजार दुई सय ७८ मत प्राप्त गर्नुभएको छ । २०७४ सालको निर्वाचनमा ढकाल सोही निर्वाचन क्षेत्रबाट विजयी हुनुभएको थियो ।
कञ्चनपुर ३ (२) मा कांग्रेस विजयी
कञ्चनपुरका क्षेत्र नं ३ (२) मा नेपाली कांग्रेसका बेलबहादुर राना विजयी हुनुभएको छ ।

उहाँले नेकपा (एमाले)का उम्मेदवार सुरेन्द्र विष्टलाई पाँच हजार छ सय चार मतले पराजित गर्नुभएको हो ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको अन्तिम मतपरिणामअनुसार रानाले १६ हजार एक सय ५२ मत प्राप्त गर्नुभयो । उहाँका निकटतम प्रतिस्पर्धी एमालेका विष्टले १० हजार पाँच सय ४८ मत प्राप्त गर्नुभयो । त्यसैगरी स्वतन्त्र उम्मेदवार भीम कुमालले एक हजार आठ सय २२ मत प्राप्त गर्नुभएको छ ।

सो क्षेत्रमा ३० हजार छ सय ६४ मत खसेको थियो । ती मध्ये एक हजार तीन सय ८३ मत बदर भएको छ । रासस

सम्बन्धित खबरहरु