काठमाडौं । पाकिस्तानी सेनाको नेतृत्व ( pakistan army chief ) परिवर्तन भएको छ । लेफ्टिनेन्ट जनरल असिम मुनीर पाकिस्तानको नयाँ सेना प्रमुख बनेका हुन् ।

उनी आइएसआई प्रमुख भइसकेका छन् । अब उनले जनरल कमर जावेद बाजवाको स्थान लिनेछन् । बाजवा २९ नोभेम्बरमा सेवानिवृत्त हुँदैछन् ।

मुनीर आइएसआई प्रमुख हुँदा पूर्व प्रधानमन्त्री इमरान खानलाई उनको परिवारको भ्रष्टाचारको बारेमा बताएका कारण पदबाट हट्नु परेको थियो । १४ फेब्रवरी, २०१९ मा पुलवामा हमलामा असीम मुनीरको षड्यन्त्र भएको भारतीय सञ्चारमाध्यमले आरोप लगाएका छन् ।

असिम २०१८(२०१९ मा ८ महिना आईएसआई प्रमुख थिए । तर इमरान खानले उनलाई हटाएर आफ्ना नजिकका सहयोगी फैज हमिदलाई आईएसआई प्रमुख बनाएका थिए ।

मुनीरलाई गुजरनवाला कोर्प्स कमाण्डरको रूपमा सरुवा गरिएको थियो । लेफ्टिनेन्ट जनरलको रूपमा उनको चार वर्षे कार्यकाल नोभेम्बर २७ मा समाप्त हुँदैछ । इकोनोमिक टाइम्सको रिपोर्ट अनुसार मुनीर पाकिस्तानी सेना प्रमुख बनेपछि भारतसँगको सम्बन्धमा खासै परिवर्तन आउने छैन ।

किनभने मुनिर १४ फेब्रुअरी, २०१९ मा पुलवामा हमलामा संलग्न थिए । जसरी आक्रमण भयो, त्यसमा मुनीरको छाप पनि देखियो । यो नियोजित आक्रमण थियो, जसलाई योजना र तालिमबाट मात्रै सफल पार्न सकिन्छ ।

लेफ्टिनेन्ट जनरल साहिर शमशाद मिर्जालाई संयुक्त प्रमुखको अध्यक्ष बनाइएको छ । नयाँ सेना प्रमुखलाई निर्वाचन गराउनका लागि दबाब दिन इमरान खानले नोभेम्बर २६ मा र्‍याली गर्दैछन् ।

यसबाहेक उनले सरकारलाई जतिसक्दो चाँडो निर्वाचनको मिति घोषणा गर्न अल्टिमेटम पनि दिनेछन् । खानले सरकार र उनका समर्थक (सेना) ले चुनावको मिति घोषणा नगरे आम हड्ताल गर्ने बताएका छन् ।

पाकिस्तानको वर्तमान अवस्थाका कारण साउदी युवराज मोहम्मद बिन सलमान (एमबीएस) ले गत हप्ता आफ्नो भ्रमण रद्द गर्नुपरेको थियो । जसकारण सरकार र सेना चिन्तित छन् ।

सन् २०१४ मा इमरानका कारण चिनियाँ राष्ट्रपति सी जिनपिङले आफ्नो पाकिस्तान भ्रमण रद्द गर्नुपरेको थियो । नोभेम्बर २६ मा हुने र्‍याली पाकिस्तानको इतिहासमा पहिले कहिल्यै नभएको खानले बताउँदै आएका छन् ।

सम्बन्धित खबरहरु