काठमाडौं । अष्ट्रेलियामा अपराध गरेर भागेका भारतीय पक्राउ परेका छन् । murdering woman on beach in australias :

दिल्ली प्रहरीले अष्ट्रेलियाली महिलाको हत्यामा संलग्न राजविन्दर सिंहलाई पक्राउ गरेको छ । सन् २०१८ मा राजविन्दरले अष्ट्रेलियाको क्विन्सल्याण्डमा एक महिलाको हत्या गरेका थिए । त्यसपछि उनी भागेर भारत पुगेका हुन् ।

उनले इनिसफेलमा नर्सको रूपमा काम गर्थे । राजविन्दरले टोया कर्डिङ्ले नामकी महिलाको हत्या गरेका हुन् । हत्या भएको दुई दिनपछि उनी श्रीमती–छोरी र जागिर छोडेर भारत पुगे ।

जानकारी अनुसार, अक्टोबर २०१८ मा २४ वर्षीया टोयाह कोर्डिङ् आफ्नो कुकुरसँग अष्ट्रेलियाको केर्न्सबाट ४० किलोमिटर उत्तरमा रहेको वाङ्गेटी गएकी थिइन् । त्यसपछि उनको हत्या भयो ।

अष्ट्रेलियाको क्वीन्सल्याण्ड प्रहरीले राजविन्दरलाई पक्राउ गर्ने व्यक्तिलाई १० लाख डलर दिने घोषणा गरेको थियो ।

क्वीन्सल्याण्ड प्रहरीद्वारा घोषणा गरिएको यो सबैभन्दा ठूलो पुरस्कार राशि थियो । एक प्रहरी अधिकारीले भने, ‘हामीलाई थाहा छ राजविन्दर अक्टोबर २२, २०१८ मा टोयाहको हत्यापछि केर्न्सबाट भागेका थिए । २३ अक्टोबरमा उनी सिड्नीबाट भारत उडेका थिए ।’

सम्बन्धित खबरहरु