काठमाडौं । नवनिर्वाचित सांसद एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने विरुद्ध उजुरी परेको छ । चितवन क्षेत्र नम्बर २ बाट विजयी सांसद लामिछानेविरुद्ध गृह मन्त्रालयमा उजुरी परेको हो ।

आफूलाई समाजवादी केन्द्र नेपालको सर्वोच्च नेता बताउने युवराज सफलले उजुरी दायर गर्नुभएको छ ।

लामिछानेमाथि नेपाली नागरिकता पुन:र्प्राप्तिको कानुनी प्रकृयासमेत पुरा नगरी निर्वाचन आयोगमा दल दर्ता गर्नुका साथैं प्रतिनिधिसभाको उम्मेदवार समेत भएको उजुरी परेको हो ।

गृह मन्त्रालयको गुनासो व्यवस्थापन शाखामा गरेको उजुरीको दर्ता नम्बर १९१ रहेको र सो शाखाबाट चलानी नम्बर १५७ रही नागरिकता तथा राष्ट्रिय परिचयपत्र शाखामा गएर आवश्यक कारबाही अगाडि बढेको जानकारी गराइएको छ ।

गृहमन्त्रालयमा सह प्रवक्ता वसन्त भट्टराईका अनुसार सांसद लामिछानेविरुद्ध उजुरी परेको अनौपचारिक जानकारी मिलेको छ । सो उजुरी बारे के गर्ने भन्नेबारेमा गृहसचिवले निर्णय लिने जानकारी गराइएको छ ।

सम्बन्धित खबरहरु