काठमाडौं । मधेस प्रदेशमा प्रत्यक्षतर्फ नेकपा एमाले अघि देखिएको छ । एमालेले हालसम्म ८ स्थानमा जित हासिल गरेको छ भने ५ स्थानमा अग्रता लिएको छ । त्यहाँ कांग्रेसले हालसम्म १० स्थानमा जितेको छ भने १ स्थानमा अगाडि रहेको छ ।

जसपाले हालसम्म ७ स्थानमा जितेको छ भने ४ स्थानमा अगाडि रहेको छ । त्यस्तै ६ स्थानमा जितेको लोसपा २ स्थानमा अगाडि देखिएको छ ।

जनमत पार्टीले भने ५ स्थानमा जितेको छ र १ स्थानमा अगाडि छ । माओवादीले ४ स्थानमा जितेको छ । एकीकृत समाजवादी भने ३ स्थानमा विजयी भएको छ र १ स्थानमा अगाडि छ ।

त्यस्तै ५ स्थानमा स्वतन्त्रले जितेका छन् र अन्य १ स्थानमा पनि स्वतन्त्र नै अगाडि छन् । मधेस प्रदेशमा प्रत्यक्षबाट ६४ र समानुपातिकतर्फ ४३ गरी १०७ जना सदस्य चयन हुनेछन् ।

सम्बन्धित खबरहरु