काठमाडौं । हुथी विद्रोहीहरुले गरेको ड्रोन हमलामा परेर यमनको सरकार कम्तीमा पनि तीन जना सैनिक मारिएका समाचारमा जनाइएको छ ।

प्राप्त समाचारअनुसार यहाँका हुथी विद्रोहीहरुले यमनको दक्षिणी दाहेला प्रान्तमा सो आक्रमण गरेका थिए । उक्त आक्रमणमा परेर यमनी सरकारका कम्तीमा पनि तीन जना सैनिक मारिएका हुन् ।

दक्षिणी प्रान्तको दालेह प्रान्तमा रहेको यमनी सेनाको शिविरलाई लक्ष्य गरेर उनीहरुले हमला गरेका थिए । हुथीले सो आक्रमणका क्रममा विस्फोटक पदार्थसहितको ड्रोन हानेको बताइएको छ ।

उक्त प्रान्तमा केही समय यतादेखि हुथीहरुले यहाँको सरकारी सेनामाथि हमला गर्ने गरेका बताइएको छ । केही समय अघि पनि उनीहरुले सो सैनिक शिविरमा एक ड्रोनको माध्यमबाट एक शक्तिशाली क्षेप्यास्त्र नै प्रहार गरेका बताइएको थियो ।
सप्तरी-४ प्रदेशसभा २ मा स्वतन्त्र उम्मेदवार यादव विजयी
सप्तरी क्षेत्र नं ४ प्रदेशसभा २ मा स्वतन्त्र उम्मेदवार अनिरुद्धकुमार सिंह यादव विजयी हुनुभएको छ ।

सहायक निर्वाचन अधिकृत वसन्तकुमार दासका अनुसार स्वतन्त्र उम्मेदवार यादवले नौ हजार ९८५ मत ल्याएर निर्वाचित हुनुभएको हो । उहाँको निकटतम प्रतिद्वन्द्वी जनता समाजवादी पार्टीका उम्मेदवार अभिषेक यादवले सात हजार ९२० मत प्राप्त गर्नुभयो । यस्तै जनमत पार्टीका केशरराज गुप्ताले भने पाँच हजार सात सय ७३ मत प्राप्त गर्नुभएको छ । रासस

सम्बन्धित खबरहरु