काठमाडौं । कांग्रेस नेता डा. शेखर कोइरालाले दलका व्यक्तिप्रतिको वितृष्णा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा पोखिएको प्रतिकृया दिनु भएको छ । निर्वाचित भएपछि विराटनगरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले यस्तो बताउनु भएको हो ।

उहाँका अनुसार जनताले दलसँग भन्दा पनि दलका व्यक्तिप्रतिको वितृष्णा रास्वपालाई मत दिएर पोखेको छन् । अहिलेका दलले सुशासन दिन नसक्दा नयाँ दलले मत पाएको उहाँको भनाई छ ।

परम्परागत राजनीतिक दलसँगको वितृष्णा भन्दा पनि व्यक्तिहरुसँगको वितृष्णा देखिएको उहाँको बुझाई रहेको छ ।

वितृष्णा पोखिएको भन्दै उहाँले ‘दलहरुप्रति वितृष्णा रह्यो भने दलीय सिस्टम नै रहँदैन’ भन्नुभयो ।

अब बन्ने सरकारले सुशासन दिन नसक्ने हो भने यो वितृष्णा झन् बढ्ने भन्दै कोइरालाले चेतावनी पनि दिनुभयो । सुशासनको मुद्दामा सबै दल मिलेर जानुपर्ने तर्क उहाँको छ । अब बन्ने सरकारले सुशासन कायम गर्न नसके आफूले संसदबाट प्रश्न उठाउने पनि उहाँले स्पष्ट पार्नुभयो ।

सम्बन्धित खबरहरु