काठमाडौं । रामेछाप–१(१) मा तारानारायण श्रेष्ठ निर्वाचित हुनुभएको छ । लोकतान्त्रिक–वाम गठबन्धनका उम्मेदवार श्रेष्ठ नेकपा (माओवादी केन्द्र)का नेता हुनुहुन्छ ।

श्रेष्ठले १७ हजार एक सय अठचालिस मत प्राप्त गर्नुभएको थियो भने उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का शान्तिप्रसाद पौडेले १५ हजार एक सय ५७ मत प्राप्त गर्नुभएको थियो ।

यसैबीच रामेछाप–१(२)को मतगणना सुरु भएको छ । यो समाचार तयार पार्दासम्म खाँडादेवी गाउँपालिकाका केही वडाको मत गणना हुँदा एमालेका मिलन घिसिङले दुई हजार आठ सय १६ मत प्राप्त गर्नुभएको छ भने माओवादी केन्द्रका युवराज चौलागाईँले दुई हजार एक सय ४८ मत प्राप्त गर्नुभएको छ ।

त्यसैगरी प्रतिनिधिसभा सदस्यका लोकतान्त्रिक–वाम गठबन्धनका कांग्रेसका उम्मेदवार पुर्णबहादुर तामाङ (कान्छाराम)ले २४ हजार चार सय ५१ मत प्राप्त गर्नुभएको छ भने एमालेका कैलाशप्रसाद ढुङ्गेलले १६ हजार छ सय ८२ मत प्राप्त गर्नुभएको छ ।

मण्डला थियटरमा ‘निटफेस्ट २०२२’ सुरू
‘नेपाल अन्तरराष्ट्रिय नाट्य महोत्सव, २०७९ (निटफेस्ट २०२२)’ को दोस्रो संस्करण सुरू भएको छ । ‘सामाजिक रुपान्तरणको लागि रङ्गमञ्चः विविधिताको उत्सव’ भन्ने नाराका साथ सुरू भएको महोत्सव नौ दिनसम्म थापागाउँ काठमाडौँस्थित मण्डला थिएटरमा चल्नेछ ।

सो महोत्सवको उद्घाटन गर्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले महोत्सवले पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले भन्नुयो, “रङ्गमञ्चले मनोरञ्जनसँगै समाजलाई दिने सन्देशले रुपान्तरणमा महत्वपूर्ण भूमिका खेल्छ, पर्यटन प्रवद्र्धनमा पनि यस्ता महोत्सवले योगदान पु¥याउँछ ।”

महोत्सवमा सहभागिता जनाउन भारतबाट नेपाल आइपुग्नुभएकी अभिनेत्री शबाना आजमीले रङ्गकलाकर्मीको सहभागितामा बनेको मण्डला थियटरको प्रसंशा गर्नुभयो । “समाजमा बदलाव ल्याउन सक्ने सामथ्र्य रङ्गमञ्चमा छ । नेपालको रङ्गकर्मीले एकताबद्ध भएर गरिरहनुभएको मेहनत सुन्दर छ । यसले नाटकलाई जीवित राख्छ”, अभिनेत्री आजमीले भन्नुभयो ।

महोत्सवका निर्देशक सिर्जना सुब्बाले कोभिडको कारण तीन वर्षपछि दोस्रो संस्करण आयोजना भएको जानकारी दिनुभयो । “हामीले दिएको नारा झैँ नाटकसमेतमा विविधता छ । नौ दिनसम्म चल्ने महोत्सवले हाम्रो बुझाइको दयारा फराकिलो बनाउनेमा विश्वत छु”, निर्देशक सुब्बाले भन्नुभयो ।

उद्घाटन समारोहमा काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह, नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका उपकुलपति हरिहर शर्मा, कलाकार सरोज खनाल, नाट्यकर्मी अनुप बराल, दयाहाङ राईलगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा ‘इन्द्रधनुष’ नामक नाटक सङ्ग्रहसहित पुस्तकसमेत विमोचन गरिएको थियो । बाह्र देशका १८ नाटकको ३० मञ्चनसहित कार्यशाला, मास्टर क्लास, अन्तरक्रिया–विमर्शका कार्यक्रम हुने महोत्सवमा विश्वभरीबाट दुईसयभन्दा बढी नाट्य कलाकार सहभागी छन् । महोत्सवमा नेपालसहित भारत, भुटान, श्रीलङ्का, रुस, इटाली, स्पेन, बेलायत, बेलारुस, इजिप्ट, संयुक्त राज्य अमेरिका, उरुग्वे र अर्जेन्टिनाका नाटक समावेश छन् । रासस

 

 

सम्बन्धित खबरहरु