काठमाडौं । भारत, उत्तर प्रदेश प्रहरीले मुस्लिम हुँ भन्ने बहाना बनाएर अफताब अमीन पुलवालालाई समर्थन गर्ने एक व्यक्तिलाई शुक्रबार पक्राउ गरेको छ ।

आफताब अमीन पुलवालाले आफ्नी लिभ इन पार्टनर २७ वर्षीया श्रद्धा वाल्करको निर्ममतापूर्वक हत्या गरी शवलाई ३५ टुक्रा पारेका थिए ।

बुलन्दशहर जिल्लाको सिकन्दराबाद निवासी विकास कुमार सनसनीपूर्ण हत्या प्रकरणमा दिल्लीमा एक पत्रकारसँग कुरा गर्दै आफूलाई राशिद खान बनेका थिए ।

उनले आफताबको कार्यलाई सही ठहर गर्दै रिसमा यस्ता कुरा हुने र ३५ वटा मात्र नभई ३६ टुक्रा हुन सक्ने बयान दिएका हुन् । जब तिमी त्यसो गर्न सक्छौँ भनेर सोधियो जवाफमा उनले मानिसहरू रिसाएर यो भन्दा ठूलो कदम उठाउने भन्दै यो कुनै ठूलो कुरा नभएको तर्क गरे ।

बुलन्दशहरका वरिष्ठ प्रहरी अधीक्षक श्लोक कुमारले भने, ‘विकासको आपराधिक रेकर्ड छ, बुलन्दशहर र नोएडामा उनीविरुद्ध चोरी र अवैध हतियार राख्ने गरेको अभियोगमा मुद्दा दर्ता छन् ।’ पक्राउपछि विकासले यति धेरै हल्ला हुन्छ भन्ने कुरा आफूले थाहा नपाएको बताए ।

आफ्नो बयान भाइरल हुन्छ भन्ने जानकारी भएको भए उनले यस्तो कुरा गर्ने थिएनन् । बयानलाई लिएर कुनै पछुतो छ भनेर सोध्दा जवाफमा उनले भने, ‘मलाई यहाँ मारिने वा जेलमा जाने डर छ ।’ श्रद्धा वाल्कर र आफताब पूनावाला लिभ इन रिलेशनशिपमा बसेका थिए ।

मुम्बईबाट दिल्ली सरेको केही दिनपछि दुवैको झगडा सुरु भयो, जसमा अफताबले श्रद्धाको घाँटी थिचेर हत्या गरे । त्यसपछि उनको शवलाई ३५ टुक्रामा काटेर घरको फ्रिजमा केही दिनसम्म राखे । त्यसपछि १८ दिन लगाएर ती टुक्राहरू दिल्ली–एनसीआरका धेरै क्षेत्रमा फ्याँकेका थिए ।

६ महिनापछि श्रद्धाका बुबाले हराएको उजुरी दिएपछि यो कुरा बाहिर आएको हो । गत बिहीबार आरोपी आफताबको दिल्लीको फोरेन्सिक प्रयोगशालामा पोलिग्राफ परीक्षण गरिएको थियो ।

सम्बन्धित खबरहरु