काठमाडौं । प्रतिनिधि सभातर्फ रुपन्देही २ मा नेकपा (एमाले) का उपाध्यक्ष विष्णु पौडेलले विजयी हुनुभएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पौडेललाई हराउँदै उहाँले जीत हासिल गर्नुभयो ।

राष्ट्रिय स्वतन्त्र पार्टी उम्‍मेदवार गणेश पौडेललाई उहाँले १ हजार ३६६ मतान्तरले हराउनुभयो ।

विष्णु पौडेलले २७ हजार १४८ मत पाउँदा राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पौडेलले २५ हजार ७८२ मत ल्याउनुभयो ।

यसैगरी सत्ता गठबन्धनको समर्थन पाएका राष्ट्रिय जनमुक्ति पार्टीका केशब सुर्यवंशीले २२ हजार १० मत र स्वतन्त्र उम्‍मेदवार १ हजार २९ मत ल्याउनुभयो । रुपन्देही–२ मा कूल ८१ हजार २०२ मत खसेको थियो ।

मत पेटिकामा खसेको भन्दा धेरै मतपत्र भेटिएपछि विवाद भएर रोकिएको मत गणना शुक्रवार साँझदेखि पुनः शुरु भएको थियो । शुक्रवार बिहानैदेखि रोकिएको मत गणना कार्य निर्वाचन आयोगको निर्देशनपछि साँझबाट सुचारु भएको थियो ।

सम्बन्धित खबरहरु