विराटनगर । नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालालाई पराजित गर्दै मोरङ क्षेत्र नम्बर २ बाट नेकपा (एमाले) का उम्मेदवार ऋषिकेश पोखरेल प्रतिनिधिसभामा निर्वाचित हुनुभएको छ ।

पोखरेल २०७० सालको संविधानसभा निर्वाचनमा सोही क्षेत्रबाट विजयी हुनुभएको थियो । यो पटक नेपाली कांग्रेसका पूर्वसभापति गिरिजाप्रसाद कोइरालाकी छोरी सुजातालाई उहाँले पराजित गर्नुभयो ।

पोखरेल ३३ हजार १४८ मत ल्याएर विजयी हुँदा कोइरालाले ३१ हजार ९४० मत प्राप्त गर्नुभयो ।

गिरिजाप्रसाद कोइराला सोही क्षेत्रबाट लगातार तीन पटक निर्वाचित हुनुभएको थियो ।

विद्यार्थी राजनीतिबाट पार्टी राजनीतिमा आउनुभएका पोखरेल २०७० सालको संविधानसभा निर्वाचनमा विजयी हुनुभएको थियो ।

दोस्रो संविधानसभा निर्वाचनमा उहाँले नेपाली कांग्रेसका आमोदप्रसाद उपाध्यायलाई पराजित गर्नुभयो । २०७४ को प्रतिनिधिसभा निर्वाचनमा भने कांग्रेस उम्मेदवार डा. मिनेन्द्र रिजालसँग पराजित हुनुभएको थियो ।

 

सम्बन्धित खबरहरु