कपिलवस्तु । कपिलवस्तु क्षेत्र नम्बर ३ बाट नेकपा एमालेका उम्मेदवार मंगलप्रसाद गुप्ता निर्वाचित हुनुभएको छ ।

उहाँ नवौं पटकको प्रयासमा प्रतिनिधिसभामा निर्वाचित हुनुभएको हो ।

एमाले उम्मेदवार गुप्ताले २२ हजार ६१९ मत प्राप्त गर्दा उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका अभिषेकप्रताप शाहले १८ हजार ९८२ मत ल्याउनुभयो । उहाँहरुबीचको मतान्तर ३ हजार ६३७ रहेको छ ।

गुप्ताले २०४३ सालमा पञ्चायती व्यवस्था हुँदा पहिलोपटक उम्मेदवारी दिनुभएको थियो । त्यसपछि २०५६ मा कांग्रेस, २०७० मा तमलोपा, २०७४ मा संघीय समाजवादी फोरमबाट उम्मेदवार बन्नुभयो । अहिलेसम्म पराजित गुप्ता एमालेमा आएपछि विजयी हुनुभयो ।

 

सम्बन्धित खबरहरु