काठमाडौं । सुनसरी क्षेत्र नं २(२)बाट नेकपा (एमाले)का रामप्रसाद मेहता विजयी हुनुभएको छ ।

उहाँले नेपाली कांग्रेसका केन्द्रीय सदस्य राजीव कोइरालालाई चार सय ६२ मतले पराजित गर्दै विजयी हुनुभएको हो ।

मेहताले १७ हजार ९७ मत प्राप्त गर्नुभएको छ भने उहाँका निकटतम् प्रतिद्वन्द्वी कोइरालाले १६ हजार छ सय ३५ मत प्राप्त गर्नुभएको छ ।

विसं २०७४ को निर्वाचनमा मेहतालाई कोइरालाले पराजित गर्नुभएको थियो । यसपटकको निर्वाचनमा कोइरालालाई मेहताले पराजित गर्नुभएको छ ।

सम्बन्धित खबरहरु