Australia beat Tunisia 1-0

काठमाडौं । फिफा विश्वकप अन्तर्गत शनिबार भएको समूह डीको खेलमा अष्ट्रेलियाले ट्युनिसियालाई १–० गोलान्तरले हराएको छ । अष्ट्रेलियाका लागि पहिलो हाफको २३ औं मिनेटमा मिचेल ड्युकले गोल गरेका थिए । यो खेलको एकमात्र गोल थियो ।

ट्युनिसियाले अष्ट्रेलियाका खेलाडीलाई छक्काएर धेरै अवसर प्राप्त गरे पनि गोलमा परिणत गर्न सकेन । ट्युनिसियाका युसेफ सकिनीले गोलमा ६ शट प्रहार गरे पनि सफल हुन सकेनन् ।

यी ट्युनिसियाली खेलाडीको खेलमा सबैभन्दा धेरै सट हुन् । अष्ट्रेलियाका डिफेन्डर ह्यारी साउटर ट्युनिसियाका हरेक आक्रमणमा हावी भए । उनले ट्युनिसियाका स्ट्राइकरलाई मात्रै नभई बिचमा बल पनि खोसेका थिए ।

९० मिनेटको खेल सकिएपछि ६ मिनेट अतिरिक्त समय दिइएको थियो । त्यस क्रममा ट्युनिसियाले खेल बराबरीमा ल्याउन सक्दो प्रयास गरेपनि सफल हुन सकेन । यो जितसँगै अष्ट्रेलियाले विश्वकपमा आफ्नो आशा जीवित राखेको छ ।

यसअघि फ्रान्सले अष्ट्रेलियालाई ४–१ गोलान्तरको ठूलो अन्तरले पराजित गरेको थियो । ट्युनिसियाको पहिलो खेल डेनमार्कसँग बराबरीमा सकिएको थियो । यो खेल गोलरहित रह्यो ।

सम्बन्धित खबरहरु