काठमाडौं । अष्ट्रेलियामा दुई हजार भन्दा धेरै मान्छेहरु (नांगिएका) नग्न भएका छन् ।

सिड्नीको बोन्डी समुन्द्र किनारमा करिब २,५०० व्यक्तिले एक कलाकृतिको लागि नग्न पोज दिएका हुन् । छालाको क्यान्सरबारे जनचेतना फैलाउने उद्देश्यले यो कलाकृति बनाइएको हो ।

अमेरिकी फोटोग्राफर स्पेन्सर ट्युनिकले समुद्र तटमा नग्न मानिसहरूको तस्बिर खिचेर छालाको क्यान्सरको बारेमा सचेतना फैलाइरहेका छन् । यसको उद्देश्य अष्ट्रेलियाका मानिसहरूलाई नियमित छाला परीक्षण गराउन उत्प्रेरित गर्नु हो ।

विश्व क्यान्सर अनुसन्धान कोषका अनुसार अष्ट्रेलिया छालाको क्यान्सरको सन्दर्भमा विश्वमा सबैभन्दा बढी प्रभावित देश हो । स्थानीय समय अनुसार ३ः३० बजे स्वयंसेवकहरूले समुद्र तटमा भेला भएर नग्न पोज दिएका हुन् ।

कार्यक्रममा भाग लिने ७७ वर्षीय ब्रुस फिशरले एएफपी समाचार एजेन्सीलाई भने, ‘मलाई लाग्छ यो राम्रो विचार हो । मलाई जे भए पनि बोन्डीमा स्ट्रिप गर्न मन पर्छ ।’ फोटोग्राफर ट्युनिक संसारभरका प्रसिद्ध स्थानहरूमा कलात्मक नग्न फोटो खिच्नका लागि प्रसिद्ध छन् ।

सम्बन्धित खबरहरु