काठमाडौं । killing of rat in badaun accused arrested : मुसा मारेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन् । भारत, उत्तर प्रदेशको बदायूँ जिल्लाबाट एउटा अनौठो घटना सार्वजनिक भएको हो ।

त्यहाँको बडाउँमा पुच्छरमा धागो बाँधेर नालीमा डुबाएर मुसा मारिएको थियो । प्रहरीले हत्या आरोपीलाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ । प्रहरीले मुसाको शव पोस्टमार्टमका लागि बरेली पठाएको छ ।

प्रहरीले वन्यजन्तु प्रेमी विकेन्द्रको उजुरीका आधारमा आरोपित युवक विरुद्ध मुद्दा दर्ता गरी हिरासतमा राखेर सोधपुछ सुरु गरेको छ । मुसाको शवको पोस्टमार्टम बरेलीमा हुनेछ । विकेन्द्र शर्मा त्यहाँको कोतवाली क्षेत्रको गान्धी ग्राउन्ड चौराहेबाट जाँदै गर्दा सो घटना देखेका हुन् ।

विकेन्द्र शर्मालाई पशु प्रेमीका रुपमा चिनिन्छ । विकेन्द्र पिपल फर एनिमल्स (पीएफए) का जिल्ला अध्यक्ष समेत हुन् । विकेन्द्रका अनुसार उनी जाँदै गर्दा नालाको छेउमा एकजना पुरुष र केही बालबालिका बसेका थिए । ती व्यक्तिले मुसाको पुच्छरमा ढुङ्गा बाँधेर बारम्बार नालीमा डुबाउँदै थिए ।

विकेन्द्र शर्मा भन्छन्, ‘मैले त्यसो नगर्न भनेपछि उनले मुसालाई नालीमा फाले । मैले ती व्यक्तिलाई नाम सोध्दा उनले आफ्नो नाम मनोज बताए ।’ विकेन्द्रँग यसरी दिनहुँ मुसा मार्ने गरेको र भविष्यमा पनि मार्ने बताए । साथै, उनले विकेन्द्रलाई जे गर्न सक्छौँ त्यो गर भनेर चुनौती पनि दिएका थिए ।

यस विषयमा विकेन्द्रले पशु क्रूरता ऐन अन्तर्गत बडाउँ कोतवालीमा निवेदन दिएपछि प्रहरीले मुद्दा दर्ता गरी अभियुक्तलाई नियन्त्रणमा लिएको हो । यसैबीच, मुसाको शव पोस्टमार्टमका लागि भारतीय पशु चिकित्सा अनुसन्धान संस्थान (आईभीआरआई) बरेली पठाइएको छ ।

 

सम्बन्धित खबरहरु