काठमाडौं । नासाको ओरियन अन्तरिक्ष यानले चन्द्रमाको सबैभन्दा नजिकको फोटो खिचेको छ । ( nasa moon mission artemis 1 latest photos )

यसलाई हालै नासाले आफ्नो सबैभन्दा शक्तिशाली रकेट ‘स्पेस लन्च सिस्टम’ मार्फत चन्द्रमाको परिक्रमा गर्न पठाएको हो ।

यो आर्टेमिस–१ मिसनको एक हिस्सा हो, नासाको मानवयुक्त चन्द्र अभियान ‘आर्टेमिस’ को पहिलो चरण हो । चन्द्रमाको ४ वटा क्षेत्रको तस्बिर पठाइएको छ ।

चन्द्रमाको तस्बिर ओरियनको अप्टिकल नेभिगेसन प्रणालीद्धारा खिचिएको हो । नासाको इन्स्टाग्राम पोस्टका अनुसार यो प्रणालीले विभिन्न दूरी र स्थानबाट पृथ्वी र चन्द्रमाको तस्बिर खिच्छ । यी तस्बिर रंगीन छैनन् । पोस्टमा चन्द्रमाका ४ वटा क्षेत्रका तस्बिर सेयर गरिएको छ । यो १९७५ मा अपोलो मिसन समाप्त भएपछि चन्द्रमाको सबैभन्दा नजिकका फोटोहरू हुन् । हेर्नुहोस चन्द्रमाको स्पष्ट तस्बिरहरू

जानकारी अनुसार ओरियन क्याप्सुलले आर्टेमिस–१ मिसन अन्तर्गत चन्द्रमाको परिक्रमा गर्नेछ, तर सतहमा अवतरण गर्नेछैन । सन् २०२५ वा २०२६ मा मानिसले फेरि चन्द्रमामा पाइला राख्ने विश्वास गरिएको छ ।

नासाको आर्टेमिस–१ फ्ल्यागशिप मिसनको लागि परीक्षण उडान हो । यसले चन्द्रमाको नजिक गएर अन्तरिक्ष एजेन्सीको पुरानो मिसन अपोलोको सम्झना दिलाउँछ । पोष्टमा नासाले ओरियन स्पेसक्राफ्ट अपोलो ११, १२ र १४ मिसनका अवतरण स्थलहरू नजिकैबाट गुज्रिएको बताएको छ ।

तपाईंलाई जानकारी गराउ कि ५० वर्षमा पहिलो पटक स्पेस क्याप्सुलले चन्द्रमाको परिक्रमा गरिरहेको छ । हाल यसमा कुनै पनि अन्तरिक्ष यात्री पठाइएको छैन । यो मिसन २५ दिन ११ घण्टा ३६ मिनेटको छ, त्यसपछि डिसेम्बर ११ मा प्रशान्त महासागरमा खस्नेछ । अन्तरिक्षयानले कुल २० लाख ९२ हजार १४७ किलोमिटरको दूरी तय गर्ने जनाइएको छ ।

अमेरिकाले ५३ वर्षपछि फेरि आर्टेमिस मिसनमार्फत चन्द्रमामा मानिस पठाउने तयारी गरेको छ । यसलाई तीन भागमा विभाजन गरिएको छ, जुन आर्टेमिस–१, २ र ३ हुन् । आर्टेमिस–१ को रकेट चन्द्रमाको कक्षमा जानेछ, केही साना उपग्रहहरू छोड्नेछ र त्यसपछि आफैं कक्षमा स्थापित हुनेछ ।

सन् २०२४ मा आर्टिमिस–२ लन्च गर्ने तयारी छ । केही अन्तरिक्ष यात्री पनि यसमा जानेछन् तर चन्द्रमामा पाइला राख्ने छैनन् । उनीहरु चन्द्रमाको कक्षमा घुमेर फर्किनेछन् । यो मिसनको अवधि लामो हुने जानकारी दिइएको छ ।

त्यसपछि, अन्तिम मिसन आर्टेमिस–३ पठाइनेछ । यसमा जाने अन्तरिक्ष यात्रीहरू चन्द्रमामा अवतरण गर्नेछन् । यो मिसन २०२५ वा २०२६ मा सुरु गर्ने तयारी हुँदैछ ।

पहिलो पटक महिलाहरु पनि मानव चन्द्र अभियानको हिस्सा बन्ने छन् । यसमा पर्सन अफ कलर (सेतोभन्दा फरक जातको व्यक्ति) पनि चालक दलका सदस्य हुनेछन् । अन्तरिक्ष यात्रीहरूले चन्द्रमाको दक्षिणी ध्रुवमा रहेको पानी र बरफमा अनुसन्धान गर्नेछन् ।

 

सम्बन्धित खबरहरु